Ad Area

सैघामा नेपाली काँग्रेसको भेला


दाङ, ९ माघ । नेपाली काँग्रेस घोराही उपमहानगरपालिका वडा नं १९ को वडा भेला सम्पन्न भएको छ ।

भेला वडा ईकाई समितिका सभापति ज्ञानबहादुर रायमाझीको अध्यक्षता तथा नेपाली काँग्रेस लुम्विनी प्रदेश सदस्य जानका केसीको प्रमुख आतिथ्यतामा भएको थियो । त्यस अवसरमा महाधिवेसन प्रतिनिधि लिला नेपाली, प्रदेश प्रतिनिधि विन्दु दाहाल, महिला नेतृ सुशीला पौडेल, पूर्व इकाइ सभापती चन्द्रवहादुर थापा, पूर्व क्षेत्रिय सचिव दिपेन्द्र थापा, महिला नेतृ विना खनाल, क्षेत्रिय प्रतिनिधि शिवराज घर्तिलगाएतकाले भनाइ राखेका थिए ।

क्षेत्रिय प्रतिनिधि हिराबहादुर घर्तिको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण टंकप्रसाद ज्ञवालीले गरेका थिए । भेलाले यही माघ १३ घोराही उपमहानगरपालिका वडा नं १९ को लाकुरीडाँडामा कोरोना नियन्त्रणका लागि जन चेतना मुलक कार्यक्रम गर्ने र मास्क वितरण गर्ने भएको छ । त्यस अवसरमा नेपाल महिला संघ इकाइ समितिलार्इ पुर्णता दिएको छ । खुमा खडकाको अध्यक्षता १३ सदस्यीय समितिलाई पुर्णता दिएको हो ।

Blog Post Ad Blog Post Ad