Ad Area

बुझ्न र बुझाउनै मुस्किल


घोराही, १५ असोज ।

‘हामी हाम्रा समस्या लिएर सम्बन्धित कार्यालयमा जान्छौ । तर त्यहाँ न हामीले हाम्रो कुरा बुझाउन सक्छौ, न उहाँहरुले हाम्रो कुरा बुझ्न सक्नुहुन्छ । आफ्ना कुराहरु प्रष्ट संग राख्न नसक्नुनै पहिलो समस्या हो ।’ बहिरा संघका सचिव डम्बर वलीले भने ।

बिरामी हुँदा अस्पतालमा गयो भने यहि समस्या हुन्छ, आफ्नो कुरा बुझाउन सकिदैँन् । कुनै कामको लागि कतै गयो, हामीले एउटा भन्यो अर्काे बुझिदिने, उहाँहरुले एउटा भन्ने हामीले अर्कै बुझ्ने । आफुहरु वोल्न र सुन्न नसक्ने, सांकेतिक भाषा अरुले बुझ्न नसक्ने भएकालेनै सबै समस्या भएको उनि बताउछन् । अन्य धेरै समस्याकाबीच संचार समस्यानै पहिलो समस्या भएको वलीले बताए । “हामी जस्ता धेरैको एउटै समस्या छ जो बोल्न सक्नुहुुन्न, सुन्न सक्नुहुन्न ।’

दोभासेका माध्यमबाट कुरा गर्दै भने,‘ हामीसंग क्षमता नभएको होइन तर क्षमता अनुसारको काम पाउन मुस्किल छ ।’ टिकाराम कुँवरले भने । आफूहरुसंग भएको क्षमताको पहिचान गर्दै रोजगारी र रोजगारी अनुसारको आयआर्जनको पाटोलाई वलियो बनाउन पाए हुने भन्ने अपेक्षा उनले गरे । घोराही उपमहानगरपालिकामा भएका बहिराहरु र उनिहरुको शिपलाई एकिकृत गर्दै आन्दानी गर्न सके उपमहानगर पनि उदाहरणीय बन्ने थियो’ कुँवरले भने । मेरा छोराछोरी छन्, अहिले उनिहरुको भविश्यको चिन्ता लाग्छ । मागेर कसैले नदिने सिप क्षमता अनुसारको रोजगारी नहुँदा समस्या भएको उनको भनाई छ ।

घोराही उपमहानगरपालिका वडा नं. १३ की हरिसरा पुनका दुई छोरी छन् । दुवै जना सुन्न र बोल्न सक्दैनन् । घोराही सुस्तश्रवन विद्यार्थीहरुलाई पढाउने व्यवस्था हुँदा केही सहज थियो । तर पछिल्लो तीन वर्ष यता तुलसीपुरमा पठनपाठन गराइरहेकी छिन् । “तीन वर्ष सम्म कोठा भाडामा लिएर बसालियो । यो तीन बर्षमा पनि ठुलीछोरीको पठनपाठनमा प्रगति भएन । कोरोना भाइरस संक्रमणका कारण लकडाउन हुँदा अनलाइनको माध्यमवाट पठनपाठन भयो तर छोरीले नबुझ्ने भएकाले समस्या भयो । अव कता लगेर पढाउने भन्ने चिन्ता लागेको उनले बताइन् । यही घोराहीका विद्यार्थीका लागि यही पठनपाठनको व्यवस्था भए आफुहरु जस्ताका लागि सहज हुने उनको भनाई थियो । स्कुल अभावमा आफुहरुलाई समस्या भएको उनले बताइन् ।

घोराहीकी सरस्वती चौधरीले शिप भएकाहरुलाई कामको व्यवस्थापन तथा शिपनै नहुनेहरुका लागि सिपको व्यवस्थापन गर्न आवश्यक भएको बताइन् । हामी छरिएर काम गर्दा असफल हुन सक्छौ, तर एकिकृत रुपमा सामुहिक तरिकाले काम गर्दा सफल हुन सक्छौ । भाषिक समस्या पनि नहुँन सक्छ ।’ उनले भनिन् । लक्ष्मी नेपालीले भाषिक मध्यस्थता आवश्यक भएको बताइन् । जसका लागि बेला–बेलामा सांकेतिक भाषा सिकाउनुपर्ने उनको भनाई थियो ।

Blog Post Ad

पहिले बहिराहरुलाई हेलाको दृष्टीले हेर्ने गरेको भएपनि हालभने त्यस्तो अवस्था नभएको लक्ष्मीको भनाई छ । अझैपनि अपेक्षित रुपमा परिवर्तन भने नभएको भनाई राखिन् । “पहिले कुनै ठाउँमा जाँदा पनि भाषा नबुझ्दा झर्किने, फर्काउने समस्या थियो, तर अहिले त्यती त छैन्, । तर अझैपनि गर्नुपर्ने धेरै छन्, ।

सोही क्रममा घोराहीमा बहिराहरुको समस्या समाधानमा स्थानीयले सरकारको भूमिका बिषयक अन्तर्रक्रिया कार्यक्रम गरिएको थियो । घोराही उपमहानगरपालिकाको सहयोगमा राप्ती बहिरा संघले आयोजना गरेको कार्यक्रममा बोल्नेहरुले आफूहरुलेब भोगेको समस्याका बारेमा अवगत गराएका थिए ।

कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले आफुलाई कमजोरको दृष्टीले नर्हेनु भवैभन्दा ठुलो कुरा भएको बताए । सिप क्षमताको सवालमा स्थानीय सरकारले काम गर्ने उनको भनाई थियो । त्यसका लागि आफुहरुको समस्या सहितको दस्तावेज तयार पार्न आग्रह गरे । त्यही अनुसार सम्बोधनको पाटोमा जान सजिलो हुने उनले बताए । उनिहरुको सवालमा स्थानीय सरकार हिजो पनि सकारात्मक भएको भन्दै भोलीका दिनमा पनि सकारात्मक रहने बताए ।

कार्यक्रममा महिला तथा वालवालिका शाखाकी अधिकृत गुप्ता अधिकारीले घोराहीले बहिराहरुको तथ्यांक संकलन गर्ने काम गरिरहेको बताइन् । आफुलाई परेका समस्याका बिषयमा स्थानीय सरकारलाई सुनाउन पनि आग्रह गरिन् । कार्यक्रम राप्ती बहिरा संघकी अध्यक्ष रिता चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको संचालन छवि पुरीले गरेका थिए ।

 

Blog Post Ad Blog Post Ad