Ad Area

चाडपर्व बिशेष सुपथ पसल सञ्चालन


दाङ, १५ असोज ।

हिन्दुहरुको महान् पर्व बिजयादशमी तथा दिपावलीको अवसरमा घोराहीमा सुपथ पसल सञ्चालनमा ल्याईएको छ । घोराहीको काठेकोहलमा रहेको हरियो बजारबाट सुपथ पसल सञ्चालनमा ल्याईएको हो ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रद्धारा स्थापना र जाल्पा सामुदायिक लघुवित्त बित्तीय संस्था लिमीटेडद्धारा पवद्र्धन गरिएको हरियो बजारमा चाडपर्वको समयमा सुपथ पसल सञ्चालनमा ल्याईएको हो । पसलको शुक्रवार उद्घाटन गरिएको छ । एक कार्यक्रमबाबीच सुपथ पसलको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले गरेका छन् ।
सुपथ पसलमा खाद्यान्न, फलफुल, तरकारी, बेकरीका सम्पूर्ण सामाग्री उपलब्ध हुनेछ । महिला स्वरोजगार तालिम केन्द्रले उत्पादन गरेका तैयारी कपडाहरु, मास्क, सेनेटरी प्याड पनि सुपथ पसलमा राखिएको छ ।

पसलमा कृषीजन्य उत्पादनलाई प्रशोधन, प्याकीङ गरि बिक्री गरिने गरेको छ । जसमा तिल्की, मन्सुली लगायत जातका स्थानीय चामल, तोरीको तेल, गँहु, कोदो, फापरको पीठो उपलब्ध हुने जाल्पा सामुदायिक लघुबित्त बित्तीय संस्थाका लुम्बीनी प्रदेश प्रमुख पवन योगीले जानकारी दिएका छन् ।

साथै उनले बिजयादशमी तथा दीपावलीको अवसरमा आवश्यक स्थानीय उत्पादनका सामाग्रीहरु सुपथ पसलमा उपलब्ध हुने जानकारी दिएका छन् । कार्तिक मसान्तसम्म सञ्चालन हुने सुपथ पसलमा बिजयादशमी तथा दीपावलीको अवसरम ३ देखी १५ प्रतिशतसम्म बिशेष छुटको व्यवश्था रहेको योगीले जानकारी दिए ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले स्थानीय उत्पादनलाई प्रोत्साहन गदै स्थापना गरिएको हरियो बजार एवं सुपथ पसलले किसानहरुलाई प्रात्साहन गरेको बताए । किसानले उत्पादन गरेको सामाग्रीहरुको बजारिकरणको ठुलो समस्या रहेको र त्यो समस्या समाधानका लागी महिला सामुदायिकले स्थापना गरेको हरियो बजारको कार्यको पंशसा व्यक्त गरे । उनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रमहरु ल्याउन सरकारलाई अनुरोध गरे ।

बुढाथोकीले गुणस्तरिय एवं अग्र्यानिक वस्तुहरु उपलब्ध गराउन सम्पूर्ण व्यवसायीहरुलाई अनुरोध गरे । साथै उनले चाडपर्वको समयमा व्यवसायीहरुले मनपरि मुल्यमा सामाग्री बिक्री गरेको एवं अखाद्य बस्तुहरु विक्री गरेको भन्ने गुनासो आउने गरेकाले यस्ता कार्य नगर्न सम्पूर्ण व्यवसायीहरुलाई अनुरोध गरे । ‘किसानहरुले उत्पादन त गर्नुहुन्छ तर त्यसको बजारिकरणमा समस्या छ । जुन बजारिकरणमा यस हरियो बजारले सहजिकरण गरिदिएको छ यो एकदमै राम्रो काम हो’ अध्यक्ष बुढाथोकीले भने–‘हामीहरुले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ तबमात्र हाम्रो जिल्ला आत्मनिर्भर हुन्छ ।’ हरु त उत्पादन सरकारको कतिपय नितीहरु नै व्यवसायीहरुलाई समस्यामा पारेको बताए ।

घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेले सरकारले गर्नुपर्ने कामहरु गैरसरकारी संस्थाले गरिरहेकाले यसलाई स्थानीय सरकारले प्रोत्साहन गर्ने बताए । उनले कृषीलाई आधुनिकरण गर्दै किसानहरुलाई कृषीमा आकर्षीत गर्ने र स्थानीय उत्पादनलाई प्राथमीकता दिन आवश्यक भएको बताए । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति भुपबहादुर डाँगीले बालबालिका र महिलाहरुको क्षेत्रमा नेपाल महिला सामुदायिक सेवा केन्द्रले उदाहरणीय काम गरेको बताए ।

Blog Post Ad

महिलाहरुलाई अन्तमनिर्भर बनाउनकालागी र संस्थामा आवद्ध सदस्यहरुले उत्पादन गरेको सामाग्रीहरुको बजारिकणकालागी हरियो बजारले महत्वपूर्ण भूमीका निर्वाह गरेको उनको भनाई थियो । नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष एवं जाल्पा सामुदायिक लघुबित्त बित्तीय संस्थाका प्रमुख कार्यकारी निर्देशक बिमला योगीले २०५० सालमा स्थापना भएको महिला सामुदायिकले महिला र बालबालिकाको क्षेत्रमा काम गरिरहेको बताइन् । उनले महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउनकालागी सुरु भएको लघुबित्त कार्यक्रम हाल लघुबित्त बित्तिय संस्थाको रुपमा स्थापना भएर देशभरका महिलाहरुसँग काम गरिरहेको बताइन् ।

उनले नेपाल महिला सामुदायिक सेवा केन्द्रले सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक कार्यहरु गरिरहेको बताइन् । स्थानीय उत्पादनलाई बृद्धि गर्नकालागी कृषीभित्र प्रविधिलाई जोडेर कृषकहरुलाई प्रोत्साहन गर्ने काम संस्थाले गरेको जानकारी दिदै उनले ती किसानहरुको उत्पादनलाई बजारिकरण गर्नकालागी हरियो बजार स्थापना भएको बताइन् ।

चाडपर्वको समयमा सुपथ मुल्यमा गुणस्तरिय सामाग्रीहरु उपलब्ध गराउनकालागी सुपथ पसल सञ्चालनमा ल्याईएकाले पसलको अवलोकन गर्न र स्थानीय उत्पादनलाई प्रयोग गर्न सम्पूर्ण उपभोक्ताहरुमा अनुरोध गरिन् ।

नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धरा गौतमले महिलाहरुको सशक्तीकरण र समाज परिवर्तनको क्षेत्रमा नेपाल महिला सामुदायिक सेवा केन्द्रले महत्वपूर्ण कार्य गरेको बताइन् । असहाय बालबालिकाहरुको सहारा बनेर यस संस्थाले शिक्षामा लगानी गरेकोमा उच्च पंशसा व्यक्त गरिन् । साथै उनले उपभोक्ताहरुलाई गुणस्तरिय र सर्वसुलभ सेवा दिन सुपथ पसललाई अनुरोध गरिन् । महिला संघ दाङका अध्यक्ष गोमा रावतले कृषकहरुको उत्पादनलाई बजारिकणकलागी महत्वपूर्ण भूमीका खेल्न बरियो बजारलाई अनुरोध गरिन् ।

नबिल बंैक घोराही शाखा प्रबन्धक सिद्धान्त ठकुरीले नेपाल महिला सामुदायिक सेवा केन्द्रसँग लामो समयदेखी संस्थागत सम्बन्ध भएको बताउदै समाज परिवर्तनको मिसनमा लागेको महिला सामुदायिकसँग सधै संस्थागत सम्बन्ध रहने बताए । कार्यक्रमको सहजिकरण जाल्पा सामुदायिक लघुवित्त बित्तीय संस्थाका शाखा प्रबन्धक सुनिता नेपालीले गरेकी थिइन् ।

Blog Post Ad Blog Post Ad