Ad Area

दाङ देउखुरी इँटा व्यवसायी संघको अध्यक्षमा योगी


दाङ,१५ माघ । दाङ देउखुरी इँटा व्यवसायी संघको अध्यक्षमा प्रेमनाथ योगी सर्वसहमतिमा चयन भएका छन् ।

संघको शनिबार तुलसीपुरमा सम्पन्न सातौ साधारण सभा तथा चौथौँ अधिवेशनले योगीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । संघका अध्यक्ष रोमबहादुर वलीको अध्यक्षतामा भेला सम्पन्न भएको थियो ।

संघको प्रथम उपाध्यक्षमा ठाकुरप्रसाद महरा, द्वितीय उपाध्यक्षमा पुण्यलाल वली,सचिवमा युद्वबहादुर डिसी, कोषाध्यक्षमा मोहनलाल घर्ती, सहसचिवमा प्रकाश खडका रहेका छन् । त्यसैगरी सदस्यहरुमा केवल खत्री, मदन केसी,रेगबहादुर खत्री रहेका छन् ।

Blog Post Ad Blog Post Ad