Ad Area

पेट्रोलिय पदार्थको मुल्य वृद्धि भएसँगै हालसम्मकै उच्च विन्दुमा


दाङ १८, माघ । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । योसँगै पेट्रोलको मूल्यले उच्च विन्दुमा नयाँ रेकर्ड कायम गरेको छ ।

मंगलबार राति १२ बजेदेखि लागू हुनेग री साविकको बिक्री मूल्यमा पेट्रोल र डिजेल÷मटितेल प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।

अब पेट्रोल १४२ र डिजेल÷मटितेलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ कायम भएको छ । यसअघि २०७० साल फागुन ३० गते भएको समायोजन अनुसर पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँसम्म पुगेको थियो ।

आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी विक्री मूल्य ११६ रूपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलो लिटर अमेरिकी डलर १००ले वृद्धि गरी प्रतिकिलोलिटर विक्री मूल्य अमेरिकी डलर १ हजार ९५ कायम भएको निगमका सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिए ।

एलपी ग्यासको नयाँ खरिद मूल्य प्रति सिलिण्डर ८१. ६२ रूपैयाँले घटेर आएपनि अझै निगमलाई प्रतिसिलिण्डर ५६०.०९ रूपैयाँ घाटा रहेको हुँदा समेत बिक्री मूल्य नबढाई यथावत नै राखिएको निगमले जनाएको छ । यो समायोजनपछि निगमको १५ दिनको घाटा ३७ करोडले घटेर करीब २ अर्ब २३ करोड रूपैयाँ घाटा कायम हुन निगमले जानकारी दिएको छ ।