Ad Area

बर्षादले तीन करोड बराबर इट्टामा क्षति


दाङ,२१ माघ । बर्षादले दाङमा करोडौंको इट्टामा क्षति भएको छ । विहिवार रातीदेखि परेको बर्षादका कारण जिल्लामा ठुलो क्षति भएको दाङ देउखुरी इट्टा व्यबसायी संघ दाङका अध्यक्ष प्रेमनाथ योगीले जानकारी दिएका छन् ।

उनका अनुसार असोजमा भएको बेमौसमी बर्षाद र त्यसयता बिभिन्न समयमा भएका बर्षादका कारण ३ करोड बराबरको इट्टामा क्षति भएको छ । ‘असोजदेखि विभिन्न समय–समयमा भैरहेको बर्षादका कारण जिल्लामा ३ करोड बढीको क्षेती भएको छ’,उनले भने,‘बर्षादका कारण व्यवसायीले ठुलो क्षती बेहोर्नु परेको छ ।’ उनले तयारी अवस्थामा रहेको इट्टा पानीले भिजाउदा नष्ट भएको बताए ।
पटक पटक भैरहेको बर्षादले जिल्लामा इटामा ठुलो नोक्सान गरेको भन्दै उनले यसले जिल्लामा इट्टाको अभाब हुन सक्ने बताए । जिल्लामा हाल ३५ वटा इट्टा उद्योग छन् । यस बर्ष घाटा हुने देखिएपछि इट्टा उद्योग बन्द हुने अबस्था आएको समेत उनले बताएका छन । यस अघि पनि बर्षादले जिल्लामा इट्टामा क्षति गरेपछि मूल्य बृद्धि गरिएको थियो ।

१ नम्बर इट्टाको प्रति मूल्य १६ हजार, २ नम्बर इट्टाको प्रति १२ हजार र ३ नम्बर इट्टाको प्रति १० हजार तोकिएको थियो । प्रत्येक ईट्टामा एक रुपैयाका दरले बृद्धि गरिएको थियो । राज्यले बीमाको ब्यबस्था नगर्दा इटा व्यवसायीहरुले लाखौ रुपैयाको क्षती बेहोर्नु पर्ने अवस्था भएको संघका अध्यक्ष योगीले बताए ।

Blog Post Ad Blog Post Ad