Ad Area

द्वन्द्वपीडितका माग सम्वोधन गर्ने प्रतिवद्धता


दाङ,२१ माघ । द्वन्द्वपीडित परिवारका समस्यालाई सम्वोधन गर्ने घोराही उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कुलबहादुर लामिछानेले बताएका छन् ।

समावेशी संक्रमणकालिन न्याय, मेलमिलाप तथा द्वन्द्व समाधानको लागि सामुदायिक क्षमता अभिवृद्धि अन्तरगत महिला कानुन र विकास मञ्च, इन्टरनेशनल अलर्ट र टिपिओ नेपालकोे संयुक्त आयोजनामा शुक्रवार खैरामा भएको द्वन्द्वपीडितहरूको समस्या समाधानमा स्थानीय सरोकारवालाहरुको भूमिका विषयक समुदाय संवाद कार्यक्रमलाई सम्वेधन गर्दै वडा अध्यक्ष लामिछानले द्वन्द्वपीडित परिवारलाई समस्याहरुलाई स्थानीय सरकारका रुपमा वडाले सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन ।

उनले आफु वडामा जनप्रतिनिधि आएपछि विभिन्न खालका कार्यक्रमहरुका माध्यमबाट द्वन्द्वपीडित परिवारहरुलाई आयआर्जन, क्षमताअभिवृतिलगायतका कार्यक्रममा समेट्ने गरेपनि छुट्टै कार्यक्रम भने गर्न नसकेको बताएका थिए । ‘ द्वन्द्वपीडित परिवारहरु संगठित रुपमा हुनुहन्थेन । त्यसले गर्दा वडाका तर्फबाट द्वन्द्वपीडितलाई लक्षित गरेर कार्यक्रम गर्न सकेको थिएन’,उनले भने,‘सामुहिक रुपमा कार्यक्रमका लागि माग भए बजेटको व्यवस्थ ागर्न सक्छौ ।’

उनले बजेटसँगै वडाका तर्फबाट पीडित परिवारका बालबालिकालाई निशुल्क शिक्षा, वडावाट दिने सिफरिस,क्षमता विकासका लागि तालिमलगायतका गर्न सकिने मागहरुलाई सम्वोधन गरिने बताए । संक्रमणकालिन न्यायका लागि जिल्ला संजालका संयोजक प्रकाश चौधरीको अध्यक्षतामा कार्यक्रमका सहभागीहरुले सशस्त्र द्वन्द्वका क्रममा राज्य तथा गैरराज्यका तर्फबाट पीडित भएपनि अहिले दुवै पक्ष सरकारमा भएकाले पीडितका समस्या समाधान गरिदिन आग्रह गरे ।

साथै उनीहरुले आफ्नो तल्लो सरकारका रुपमा रहेको वडाले सीप मुलक तालिमको व्यवस्था गरिदिए आफुहरुलाई जीविकोपार्जनदेखि बाहिर काम गर्न जानका लागि समेत सहज हुने बताएका थिए । कार्यक्रमको उद्देश्य बारेमा महिला कानुन र विकास मञ्चका प्रतिनिधि अधिवक्ता गोमा महराले जानकारी दिएकी थिइन । कार्यक्रममा जनप्रतिनिधि,सञ्चारकर्मी र द्वन्द्वपीडितलगायतको सहभागिता रहेको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad