Ad Area

प्यूठानमा बेहुली लिएर फर्कंदै गरेको जिप दुर्घटना : ६ जनाको मृत्यु


प्यूठान,२२ माघ । बेहुली लिएर फर्कदै गरेको जीप प्यूठानमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको जिप ओखरपाटामा दुर्घटनामा हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

ग १ ज ५०९२ नम्बर को जिप दुर्घटनामा परेको हो । दुर्घटनामा अन्य ७ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाले बताए ।

जिप सडक देखि ३०० मिटर तल खोल्सामा खसेको थियो । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।