Ad Area

चाडपर्वको मुखैमा बजार अनुगमन


दाङ, १८ असोज
चाडपर्वहरु नजिकिदै गर्दा अनुगमन गर्न थालिएको छ । दशै आउन अव एक साता मात्र बाँकी रहदा अनुगमनलाई तिव्र बनाइएको हो । हाल घोराही उपमहानगरपालिकाले केही दिन यता लगातार रुपमा अनुगमन गरिरहेको छ । घोराही स्थित खाना तथा नास्ता पशल, लगाएत खाद्यान्न पशलमा अनुगमन थालेको हो । वडा अनुसार अनुगमन गरिरहेको छ ।

अनुगमनलाई निरन्तरता दिने क्रममा आइतवार घोराही उपमहानगरपालिका वडा नं. १ का विभिन्न वडाहरुमा अनुगमन गरेको हो । सहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रमा सञ्चालित पसलहरुबाट पनि उपभोक्ताहरु ठगिने गरेको गुनासो बढेपछि घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले अनुगमनलाई गाउँगाउँसम्म पु¥याएको हो ।

ग्रामीण क्षेत्रमा दर्ता बिना सञ्चालन भएका पसलहरुलाई राज्यको दायरामा ल्याउने र उपभोक्ताहरुलाई ठगिनबाट जोगाउने उद्देश्यले अनुगमनलाई सहरसँगै ग्रामीण क्षेत्रहरुमा पनि गरिएको घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख श्रीधर अधिकारीले बताएका छन् । घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाको अगुुवाईमा जिल्ला प्रशासन कार्यालय, दाङ उद्योग बाणिज्य संघ, जनप्रतिनिधि, प्रहरी,पत्रकारलगायतको उपस्थीतिमा नियमित अनुगमन अन्तर्गत आइतवार घोराही उपमहानगरपालिका–१ अन्तर्गत सिमलतारा र ठुलीचौरालगायतका क्षेत्रहरुमा सञ्चालित पसलहरुको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा सिमलतारा र ठुलीचौरामा सञ्चालित पसलहरुमा भेटिएको म्याद सकिएको १६ बोरा मैदा मिठो, उत्पादन र सकिने मिति नराखेको चाउमिन, ससलगायतका सामग्री नष्ट गरिएको थियो । त्यस्तै दिव्य खाने तेल प्रिन्टेड मुल्यभन्दा बढी मुल्यमा बिक्री गरेको पाइएकाले त्यस्ता पसलहरुलाई कानुन अनुसार कारवार्ही प्रक्रिया अघि बढाइएको शाखा प्रमुख अधिकारीले बताए । त्यस क्रममा तौल नमिलेका तीन वटा तराजु जफत गरिएको थियो ।
त्यसक्रममा अधिकांस पसलहरु दर्ता नभैइ सञ्चालन भएको, पसलहरुको साइनबोर्ड, मुल्य सूची नराखेको, म्याद सकिएका व्यस्तुहरु समेत विक्रि गर्ने गरेको पाइएको थियो । अनुगमन टोलीले भ्याद सकिएका बस्तुहरु जफत गरि सम्वन्धीत पसल धनीको उपस्थीतिमै नष्ट गरिएको शाखा प्रमुख अधिकारीले बताएका छन् ।
साथै दर्ता नभएर सञ्चालन भएका पसलहरुलाई प्रक्रिया पुरा गरेर सम्वन्धीत ठाउँमा दर्ता गर्न निर्देशन दिइएको भन्दै अटेरी गर्ने पसलहरुलाई कानुन अनुसार कारवार्ही गर्ने घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख अधिकारीले बताएका छन् । अनुगमनमा दाङ जिल्ला उद्योग बाणिज्य संघका बाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पोख्रेल, जिल्ला प्रशासन कार्यालयका कृष्ण चौधरी, घोराही उपमहानगरपालिका राजश्व शाखाका प्रतिनिधि, प्रहरीलगायतको सहभागिता रहेको थियो ।

Blog Post Ad Blog Post Ad