Ad Area

चौतारीको स्थापनामा १८ जना गरे रक्तदान


दाङ,२२ माघ । प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी दाङले रक्तदान कार्यक्रम गरेको छ ।

जिल्लामा रगतको अभाव टार्नको लागि चौतारी दाङले रक्तदान गरेको हो । प्रेस चौतारी नेपालको २०५५ सालमा स्थापना भएको थियो । रक्तदानमा १८ जनाले रक्तदान गरेको चौतारी दाङका सचिव किरण गौतमले वताए ।

उनका अनुसार रक्तदातन गर्नेमा प्रेस चौतारी नेपालका उपाध्यक्ष सविन प्रियासन, केन्द्रीय सल्लाहकार शरद अधिकारी, जिल्ला अध्यक्ष इन्द्र डिसी, सचिव किरण गौतम, पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, चौतारीका प्रदेश पार्षद बिमल योगी, ओपेन्द्र बस्नेत, शिव घर्ती, जिल्ला सदस्य टोपेन्द्र रोका मगर, एमाले घोराही उपमहानगरपालिका वडा न १७ का अध्यक्ष दुर्गा खत्री, शिव न्यौपाने, लक्ष्मण भण्डारी, नवराज खत्री, सूर्य बिक, पोषण पण्डित, राहुल गिरी, अजय डागी र शैलेश अधिकारी छन् ।

चौतारी दाङका अध्यक्ष डिसीको अध्यक्षता एवम सगठनका उपाध्यक्ष प्रियासनको प्रमुख आतिथ्य र नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीको विशिष्ट आतिथ्यमा भएको रक्तदान कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले प्रेस चौतारीले श्रमजिवी पत्रकार र प्रेस स्वतन्त्रताको पक्षमा काम गर्ने अवल संगठन भएको वताएका थिए ।

वक्ताहरुले समृद्ध नेपाल निर्माणको लागि पत्रकारहरुको भूमिका अहम हुने भन्दै त्यो दिशामा थप कमल चलाउन स्ुझाव समेत दिएका थिए । कार्यक्रममा चौतारीका उपाध्यक्ष प्रियासन, पार्टी सचिव बुढाथोकी, चौतारीका केन्द्रीय सल्लाहकार शरद अधिकारी, पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, युवा संघका केन्द्रीय सदस्य गोपाल नेपाली लगायतले विचार राखेका थिए ।

चौतारी दाङका उपाध्यक्ष प्रेमबहादुर राम्जाको स्वागत मनतव्यवाट शुरु भएको कार्यक्रमको सहजिकरण सचिव गौतमले गरेका थिए ।