Ad Area

राप्ती साहित्य परिषद्ले वृत्तचित्र निर्माण गर्ने


दाङ ,२२ माघ। राप्ती साहित्य परिषद् केन्द्रीय समितिले वृत्तचित्र निर्माण गर्ने भएको छ । शनिबार परिषद्का अध्यक्ष टीकाराम उदासीको अध्यक्षतामा बसेको सचिवालय बैठकले परिषद्को इतिहास झल्कने गरी वृत्तचित्र निर्माण गर्ने निर्णय गरेको हो ।

बैठकले परिषद्का हालसम्मका गतिविधिलाई समेटेर वृत्तचित्र निर्माण गर्ने भएको छ । साथै परिषद्ले राप्ती क्षेत्रका अग्रज स्रष्टाहरूको पनि वृत्तचित्र बनाउने निर्णय गरेको छ । वृत्तचित्र निर्माण व्यवस्थापनका लागि परिषद्का सचिव आदिम केसी संयोजक तथा सदस्यद्वय खेमराज गाउँले र छवि पुरी सदस्य रहेको एक उपसमिति गठन गरेको छ ।

बैठकले चौधौँ महाधिवेशनबाट गठन भएको कार्यसमितिलाई पूर्णता दिएको छ । बैठकले डा प्रेम योगी, सन्तोष श्रेष्ठ, दिल महरा, दामोदर पौडेल, धनसिंह गिरी र छवि पुरीलाई सदस्यमा मनोनित गरेको हो । बैठकमा सल्लाहकार तथा निवर्तमान अध्यक्ष पुरूषोत्तम खनाल, वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा, उपाध्यक्ष दीपक शर्मा समीर, कोषाध्यक्ष खेमराज मल्ल, सदस्यहरू गोपाल भुसाल अभिलाषी, खेमराज गाउँले लगायतले विचार व्यक्त गरेका थिए । बैठकको सहजीकरण सचिव आदिम केसीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad