Ad Area

दाङमा पेस्ताेल आकारकाे लाइटर बालेर स्थानीयलाई तर्साउने ७ जना पक्राउ


दाङ,२३ माघ । दाङको तुलसीपुर प्रहरीले स्थानीयलाई त्रसित पारेको आरोपमा सात जनालाई पक्राउ गरेको छ । आइतबार बिहान ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका–३ भ्युडरमा रहेको खाली गोठबाट सात जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

प्रवक्ता रिजालका अनुसार रक्सी सेवन गरी पेस्तोल आकारको आगो बालेर स्थानीयलाई त्रसित पारेको भन्ने सूचनाको आधारमा खटिएको तुलसीपुर इलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ९ निवासी २५ वर्षीय सन्तोष बस्याल, २३ वर्षीय पोषण ओली २१ वर्षीय अलिज मिया, वडा नं ६ निवासी २१ वर्षीय केतु ओली, वडा नं ९ निवासी १८ वर्षीय मोहन बस्नेत रहेका छन् । समूहमा १६ र १७ वर्षीय दुई जना नाबालक पनि रहेको प्रहरीले जनएको छ ।

त्यस्तै उनीहरुको साथबाट प्रहरीले तीन थान हँसिया, बन्चरो एक थान, खुडा एक थान र पेस्तोल जस्तो देखिने लाइटर एक थान बरामद गरेको छ । साथै उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

Blog Post Ad Blog Post Ad