Ad Area

अपहणमा परेको नाटक गर्ने खिमबहादुुर पक्राउ


दाङ,२३ माघ । तुलसीपुरमा अपहरणको अफवाह फैलाउने एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका ४ बस्ने ४० वर्षीय खिमबहादुर वली रहेको प्रहरीले जानकारी दिएको छ ।

गए राती १० बजे एकान्त होटेलमा खाना खाई मापसे गरेको अवस्थामा चार जना ब्यक्तिले अपहरण गरेर जंगलमा लगेको भनि प्रहरीलाई फोन गरेका थिए ।

उक्त आरोपमा वलीलाई तुलसीपुर–३ दमारगाँउबाट आईतबार बिहान ४ बजे पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Blog Post Ad Blog Post Ad