Ad Area

घोराहीमा लखन थापा स्मृति कप फुटबल प्रतियोगिता हुने


दाङ,२३ माघ । दाङको घोराहीमा प्रथम सहिद लखन थापा स्मृति कप फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल मगर संघ घोराही उपमहानगरपालिका नगर समितिको आयोजनामा फागुनको २ गतेदेखि १५ गतेसम्म घोराहीमा ‘प्रथम सहिद लखन थापा स्मृति कप खुल्ला फुटवल प्रतियोगिता–२०७८’ हुन थालेको हो ।

आयोजक नेपाल मगर संघ घोराही नगर समितिले आइतबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताका बारेमा जानकारी दिएको छ । प्रथम सहिद लखक थापा स्मृति कप फुटवल प्रतियोगिताको बिजेता टिमले नगद एक लाख रुपैया र दोश्रो हुने टिमले नगद ५० हजारसहित शिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने नेपाल मगर संघ घोराही नगर समितिका अध्यक्ष देवबहादुर बुढा मगरले जानकारी दिएका छन् ।

उनका अनुसार प्रतियोगितामा यस वर्षबाट सेमिफाइनलमा प्रवेश गर्ने दुई टिमका लागि सान्त्वना स्वरुप नगद साढे १२ हजार रुपैया पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा यसअघि जिल्लाका खेलाडीहरुलाई मात्र खेल्न दिने व्यवस्था गरिएपनि यसबर्षबाट उक्त नियम हटाइएको छ । ‘यसअघि बर्षहरुमा प्रतियोगितामा जिल्लाभित्रका मात्र खेलाडीहरु खेल्ने नियम थियो । त्यो नियमलाई हटाएका छौ’, अध्यक्ष बुढामगरले भने,‘यस बर्षदेखि प्रतियोगितामा जिल्ला बाहिरका खेलाडीहरु पनि सहभागी हुन पाउने छन् ।’ उनले क्लव जिल्लामा अनिवार्य रुपमा दर्ता भएको हुनुपर्ने र खेलाडी जुनसुकै ठाउँको भएपनि खेल्न पाउने बताए ।

प्रतियोगिताको प्रथम पुरस्कार स्वर्गीय गणेशप्रसाद रोकामगरका छोराहरुले स्थापना गरेको अक्षयकोषबाट प्रदान गरिने भएको छ भने दोश्रो स्थान प्राप्त गर्ने टिमलाई पूर्वअध्यक्ष जंगबहादुर पुनले स्थापना गरेको अक्षयकोषबाट प्रदान गरिने भएको छ । प्रतियोगितामा जिल्ला प्रशासन कार्यालय र दाङ जिल्ला फुटबल संघमा दर्ता भएका क्लबले मात्रै सहभागिता जनाउन पाउने छन् । प्रतियोगितामा सहभागिताका लागि माघ २९ गते साँझ ५ बजेसम्म दर्ताका लागि समय निर्धारण गरिएको छ ।

नकआउन चरणमा खेलाइने प्रतियोगितामा टिम दर्ता शुल्क ७ हजार निर्धारण गरेको छ । प्रथम सहिद लखन थापाको १४५ औँ स्मृति दिवसको सन्दर्भ पारेर खेलको उदघाटन गरिने नेपाल मगर संघ घोराही नगर समितिले जनाएको छ । जिल्लामा २०५७ सालदेखि संचालन हुँदै आएको प्रतियोगिता सशस्त्र द्वन्द्वका कारण स्थगीत गरिएपनि २०७६ सालदेखि पुन प्रतियोगिता गर्न थालिएको छ । नेपाल मगर संघ दाङले आयोजना गर्दै आएको प्रतियोगिता गतबर्षदेखि मगर संघका पालिकास्तरिय समितिका माध्यमबाट गर्न थालिएको छ ।

प्रतियोगिता सभ्य र व्यवस्थित बनाउनका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ । आइतवार बसेको बैठकले नेपाल मगर संघ घोराही नगर समितिका बरिष्ठ उपाध्यक्ष मित्रलालब बुढाको संयोजकत्वमा खेल उपसमिति गठन गरिएको छ ।

Blog Post Ad

त्यसैगरी सल्लाहकार दिपेन्द्र पुनको संयोजकत्वमा आर्थिक उपसमिति, नेपाल मगर संघका जिल्ला सचिव मुक्त बुढाको संयोजकत्वमा अनुशासन उपसमिति, जिल्ला सदस्य दिलबहादुर घर्तीको संयोजकत्वमा स्वास्थ्य उपसमिति, सहसचिव तेजु पुनमगरको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति र सल्लाहकार प्रेमबहादुर राम्जाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरेको छ । खेल क्षेत्रको विकास र सक्षम खेलाडी उत्पादनमा सहयोग पु¥याउने उद्देश्यले जिल्लामा प्रतियोगिता गर्नै आएको नेपाल मगर संघ दाङले जनाएको छ । पत्रकार सम्मेलनको सहजीकरण सचिव भीमप्रकाश झाक्रिमगरले गरेका थिए ।

Blog Post Ad Blog Post Ad