Ad Area

गुरुकुल एकेडेमीले मनायो सरस्वती पूजा


 

दाङ । घोराही–१५ स्थित गुरुकुल एकेडेमीले विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरेर श्रीपञ्चमी मनाएको छ । विद्यालयमा देवी सरस्वतीको पूजा अर्चना एवं मूर्ति प्राण प्रतिष्ठा गरी सरस्वती पुजा मनाएको हो ।

विद्यालयमा देवी सरस्वतीको मूर्ति प्राण प्रतिष्ठा पण्डित गिरिराज अधिकारी, निर्मल अधिकारी र शरद अधिकारीले गर्नुभएको थियो । त्यसैगरी सरस्वती पुजा अवसरमा ४० जना विद्यार्थी भर्ना गरी अक्षरआरम्भ गराइएको विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिए । सरस्वती पूजाकै दिन बालबालिकाहरुले शिक्षारम्भ गर्ने प्रचलन छ ।

सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा–आराधना गर्ने प्रचलन वैदिककालदेखि चलिआएको छ ।

Blog Post Ad Blog Post Ad