Ad Area

प्रलेसमा जंगलीको परिवारद्वारा अक्षयकोष स्थापना


घोराही, २३ माघ । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखामा साहित्यकार तथा समाजसेवी ऋषिराज जंगलीको परिवारले पुरस्कार स्थापना गरेको छ ।

आइतवार उनकै निवास घोराही उपमहानगरपालिका वडा नं. ६ जन्द्रागाउँमा आयोजित कार्यक्रममा एक लाख रुपैयाको अक्षयकोषसहितको पुरस्कार घोषणा गरिएको हो । प्रलेस दाङका अध्यक्ष भुवन देवकोटा शरदको अध्यक्षता प्रलेसका केन्द्रिय सल्लाहकार पद्मप्रसाद शर्माको प्रमुख आतिथ्यता तथा केन्द्रिय सदस्य शरद अधिकारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा जंगलीले आमा लिलादेवी पौडेल र श्रीमतिहरु फना र बसन्ताको नाममा साहित्यिक पुरस्कार घोषणा गरेका थिए । पुरस्कारको नाम ‘लिला–फना–बसन्ता श्रष्ठा सम्मान’ रहनेछ । जसको संरक्षकमा ऋषिराज जंगली रहनेछन् । संस्थापकका रुपमा दुई छोराहरु शिव पौडेल र हेमन्त पौडेल रहनेछन् । साहित्यका जुनसुकै विधामा कलम चलाउनेलाई पुरस्कार दिन सकिने र लुम्विनी प्रदेशका साहित्यकाहरुको प्रकाशित वा अप्रकाशित कृतिलाई पुरस्कार दिन सकिने जानकारी दिइएको थियो ।

कार्यक्रममा प्रलेसका केन्द्रिय सल्लाहकार शर्मा, केन्द्रिय सदस्य अधिकारी, प्रलेस दाङका पूर्व अध्यक्ष तथा सल्लाहकार रामप्रसाद जैशी, साहित्यकार हरिप्रसाद पाण्डे, देवेन्द्र रिजाल लगायतले बोलेका थिए । कार्यक्रममा ९४ बर्षिय लिलादेवी पौडेलको पनि उपस्थिति थियो । उहाँकै इच्छाअनुसार पुरस्कार स्थापना गरिएको जानकारी छोरा ऋषिराज जंगलीले गराएका थिए ।

धारापानी विकास समितिका सचिव विष्णुराम आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यवाद प्रलेसका कोषाध्यक्ष चन्द्रबहादुर थापाले गरेका थिए भने कार्यक्रमको संचालन धु्रव अधिकारीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad