Ad Area

कृषकको रोजाइ ‘जाल्पा सामुदायिक’


आर.के.शीतल

दाङ, २४ माघ । शान्तिनगर–७ का चित्रभान केसीले २०६३ सालदेखि नै माहुरी पाल्न सुरु गरे । २५ गोलाबाट माहुरी पालन सुरु गरेका केसीले ११ वर्षसम्म २५ गोला माहुरी नै पाले । व्यवसाय बढाउनका लागि रकम पनि नहुने र माहुरीले उत्पादन गरेको मह कहाँ विक्री गर्ने भन्ने चिन्ताका कारण उनले व्यवसायमा माहुरी गोला थप गर्न सकेनन् । २०७४ सालमा उनी जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सदस्य बने ।

सदस्य बनेपछि उनीजस्तै माहुरी पालन किसानहरूलाई लघुवित्तले माहुरी पालन तालिम आयोजना ग¥यो । जुन तालिमले केसीलाई व्यवसाय वृद्धि गर्नका लागि सहज मात्र बनाएन मार्गदर्शन पनि ग¥यो । तालिमपछि उनले रामलक्ष्मण माहुरी फर्म दर्ता गरेर २५ गोलालाई बढाएर हाल १ सय ३५ गोला माहुरी पालन गरेका छन् । सिजनको समयमा कार्तिक महिनासम्म १ सय ५० गोला माहुरी भएको र अहिले १ सय ३५ गोला माहुरी रहेको उनले बताए । जाल्पा सामुदायिक लघुवित्तमा आबद्ध भएपछि आफूलाई माहुरी पालनमा धेरै सहज भएको उनले बताए ।

माहुरी पालनका लागि तालिम, आवश्यक भएको बेलामा सहज रूपमा सस्तो व्याज दरमा ऋण उपलब्ध गराउने र आवश्यक परेको बेलामा निःशुल्क रूपमा माहुरी विज्ञ उपलब्ध गराएकाले आफूलाई माहुरी पालनमा धेरै सहज भएको केसीले बताए । साथै उत्पादन भएको महलाई बजारीकरणका लागि पनि व्यवस्थापन गरिदिएकाले धेरै सहज भएको उनको भनाइ छ । ‘जाल्पा सामुदायिकमा आबद्ध भएपछि माहुरी पालन व्यवसायमा धेरै सजिलो भएको छ । यो लघुवित्त त मेरो अभिभावकझैँ भएको छ’, केसीले भने, ‘माहुरी पाल्नका लागि र उत्पादन भएको मह विक्रीका लागि लगिदिनुहुन्छ, धेरै राम्रो भएको छ ।’

केसीले हालसम्म अरु कुनै पनि लघुवित्तमा आबद्ध नभएको र जाल्पा सामुदायिक सेवा केन्द्रको सदस्य लक्षित सेवाहरू मन परेर आबद्ध भएको बताए ।। यस लघुवित्तको सेवाबाट आफू सन्तुष्ट रहेको बताए । घोराही लक्ष्मीपुरका विपिन खनाल ५ वर्षसम्म विदेशमा बिताए । पहिलो पटक २ वर्ष विदेशमा बिताएर फर्केका विपिनले केही वर्ष होटल सञ्चालन समेत गरे । होटल व्यवसाय पनि फस्टाउन नसकेपछि उनले पुनः विदेश गए । दोस्रो पटक ३ वर्ष विदेश बसाईबाट सन्तुष्ट नभएर नेपाल फर्केका विपिन कृषि व्यवसाय गर्ने सोचमा पुगे र कृषि फर्म दर्ता गरे । बाउबाजेले पहिलेदेखि नै गर्दै आएको भैँसी पालन गर्नका लागि जिसिका पशुपंक्षी फर्म दर्ता गरेर भैँसी र गाई पाल्न सुरु गरे ।

भैँसी र गाई त पाल्ने तर उत्पादन भएको दूध कहाँ विक्री गर्ने भन्ने चिन्ता भयो । दूध व्यवस्थापनका लागि उनी घोराहीमा रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थामा पुगे । दूध बजारसम्म पु¥याउन सकिन्छ भन्ने उद्देश्यका साथ लघुवित्तमा पुगेका विपिनको समस्या समाधानका लागि लघुवित्त सहयोगी बन्यो । सदस्यहरूको उत्पादनलाई बजारीकरणका लागि लघुवित्तले घोराहीमा सञ्चालन गरेको हरियो बजारमार्फत् दूध बजारीकण गर्ने लघुवित्तको सहमतिपश्चात विपिनले ढुक्कसँग दैनिक दूध पु¥याउने गरेका छन् । विदेशबाट निराश भएर फर्केका विपिन अहिले कृषि कर्मममा रमाएका छन् ।

Blog Post Ad

आफ्नो व्यवसायबाट सन्तुष्ट भएको र आम्दानी पनि सन्तोषजनक रहेको उनले बताए । विपिन विदेशबाट फर्केपछि आफ्नो कृषि व्यवसायलाई थप उर्जा दिने सहयात्रीको रूपमा जाल्पा सामुदायिक लघुवित्त रहेको विपिनको भनाइ छ । ‘म पहिलो पटक २ वर्ष र दोस्रो पटक ३ वर्ष गरी ५ वर्ष विदेश बसे, बीचमा नेपाल आएर होटल पनि चलाए तर कतैबाट कमाइ नभएपछि अहिले कृषि फर्म सञ्चालन गरेको छु’, विपिनले भने ‘अहिले म आफ्नो व्यवसायबाट सन्तुष्ट छु ।

आम्दानी पनि राम्रै छ, मेरो यो व्यवसायमा सस्तो व्याज दरमा ऋण दिनेदेखि फर्मबाट उत्पादन भएको दूध राखिदिने काम जाल्पा सामुदायिक लघुवित्तको हरियो बजारले गरेको छ, मेरो व्यवसायको सहयात्री जाल्पा सामुदायिक नै हो ।’ उनले मदरासी, भदवार, लोकल जातका १३ वटा भैँसी र होल्याण्ड, जर्सी जातका ५ वटा गाई पालन गरेका छन् । ४० लाखको लगानीमा फर्म सञ्चालन गरेका छन् । जाल्पा सामुदायिकका पशुविज्ञहरूले सल्लाह सुझाव दिने गरेको र आवश्यक पर्दा फर्ममै आएर पनि पशुको उपचारमा सहयोग गर्ने हुँदा व्यवसाय सञ्चालनमा सहज भएको उनले बताए । हाल मासिक १ लाख आम्दानी हुने गरेको उनले बताए ।

घोराहीका सागर सुनार १७ वर्षको उमेर खाडी मुलुक मलेसिया पुुगे । ८ वर्ष मलेसिया बसेका सुनार कृषि व्यवसाय गर्ने सोचका साथ फर्क । नेपाल आएर भैँसी पालन गर्दा उत्पादन भएको दूधलाई कहाँ व्यवस्थापन गर्ने समस्या भएपछि छिमेकीको सल्लाहमा जाल्पा सामुदायिक लघुवित्तमा पुगे । लघुवित्तमा आबद्ध भएपछि दूध व्यवस्थापनको समस्या हट्यो । उनलाई दुध व्यवस्थापन मात्र होइन व्यवसाय प्रबद्र्धनका लागि ऋण लगानी, बचत र पशु विज्ञबाट सल्लाह सुझाव पनि पाए ।

जसले गर्दा व्यवसाय सञ्चालनमा धेरै सहज भएको सुनारको अनुभव छ । पारिवारिक समस्याका कारण पशुपालन व्यवसाय छोडेर सुनारले एक महिनादेखि घोराहीमा तरकारी पसल सञ्चालन गरेका छन् । तरकारी पसल सुरुवात गर्दा पनि लघुवित्तले धेरै सहयोग गरेको र संस्थाको सहयागबाट नै व्यवसाय गर्ने उत्साह आफूमा आएको सुनारले बताए । ‘म विदेशबाट आएपछि भैँसी पाले त्यो बेलामा कसरी पाल्ने, गोठ कस्तो बनाउनेदेखि दूध बेच्नका लागि यो जाल्पा सामुदायिकले धेरै नै सहयोग ग¥यो’, उनले भने, ‘अहिले मेरो घरायसी कारणले भैँसी पाल्न छाडेर तरकारी पसल गरेको छु । यो तरकारी पसल गर्दा पनि मलाई लघुवित्तबाट धेरै नै सहयोग प्राप्त भएको छ ।’

कृषकहरूको आवश्यकतालाई महसुस गरी जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्नो सेवाहरू विस्तार गर्दै आएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख पवन योगीले बताए । किसानहरूले कृषि व्यवसाथ गर्दा आवश्यक सल्लाह, उद्यम विकास अधिकृतहरूबाट निःशुल्क उपचार सेवा, सस्तो व्याज दरमा ऋण उपलब्ध, उत्पादन भएको वस्तु बजारीकणमा सहयोग गर्ने गरेका कारण धेरै सदस्यहरू कृषि व्यवसायमा आबद्ध भएको उनले बताए ।

विपन्न परिवारको जीवनस्तर उकास्नका लागि यस जाल्पा सामुदायिक लागिपरेको र सदस्यहरूको मिहिनेतका कारण सफल हुँदै गएको उनले बताए । कृषिमा पशु पालन, खुकुरा पालन, तरकारी खेतीजस्ता व्यवसायमा कृषकहरू आकर्षित हुने गरेका छन् । सदस्यको बिमा, पशुको बिमालगायत सेवा लघुवित्तले प्रदान गरिरहेको उनले बताए । ‘जाल्पा सामुदायिक लघुवित्तले सदस्यहरूलाई कृषि पेशामा उत्प्रेरित गर्ने काम गरेको छ । जसबाट सदस्यहरू उत्प्रेरित भएर जिल्लामै नमुना सफल कृषकको रूपमा स्थापित भएका छन्’, योगीले भने, ‘लघुवित्तको सेवा मन पराएर धेरै कृषकहरू आबद्ध हुनुभएको छ ।’

नेपाल महिला सामुदायिक सेवा केन्द्रले विसं २०६० सालदेखि सुरु गरेको लघुवित्त कार्यक्रमबाट सुरु भएको लघुवित्त सेवा महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड स्थापना भएर लामो समयदेखि विपन्नवर्गका ग्रामीण भेगका व्यक्तिहरूलाई समेटेरे जीवन स्तर वृद्धिका लागि काम गरिरहेको छ । एक वर्ष अगाडि पोखराको जाल्पा लघुवित्तसँगको मर्जर पश्चात जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा यस लघुवित्तले सेवा प्रदान गर्दै आएको छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृतिमा सवल, सक्षम र विश्वसनीय राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको रूपमा रूपान्तरण हुने उद्देश्यका साथ राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ वटा प्रदेश (लुम्बिनी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश) भित्र २८ वटा जिल्लाहरूमा शाखा कार्यालय विस्तार गरी लाखौँ विपन्न परिवारका महिला तथा युवाहरूलाई समूहमा आबद्ध गर्दै वित्तीय सेवा प्रदान गर्दै उद्यमशीलता विकास गर्न सहयोग पु¥याउँदै सामाजिक रूपमा सशक्त बनाउनुको साथै आर्थिक रूपमा आत्मनिर्भर बनाउने काम गरिरहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी निर्देशक बिमला योगीले बताइन् ।

समुदायका विपन्न, द्वन्द्वपीडित, असक्त असहाय परिवारका बालबालिकाहरूलाई औपचारिक पूर्ण छात्रवृत्ति प्रदान गर्दै ६ सय जनाभन्दा बढी युवाहरूलाई रोजगार प्रदान गरी जोखिमपूर्ण वैदेशिक रोजगारीमा जानबाट रोक्न पनि यस लघुवित्त सफल भएको उनले बताइन् । अवसरबाट वञ्चित महिलाहरूलाई लघुवित्तमा आबद्ध गर्दै उद्यमशीलताको क्षेत्रमा महत्वपूर्ण योगदान गरी घरघरमा रोजगारको सिर्जना गरेको योगीले बताइन् ।

यस वित्तीय संस्थाको अधिकृत पुँजी २५ करोड, जारी पुँजी १६ करोड रहेको छ र चुक्ता पुँजी १० करोड ७८ लाख रहेको छ । ३५ वटा शाखाहरू रहेको यस लघुवित्तमा १ वर्षको अवधिमा ९८ वटा शाखामार्फत ९५ हजार महिलाहरूलाई ४ अर्ब ६५ करोड लगानीमा रहेको ऋण तथा २ अर्ब बचत संकलन गरी महिलाहरूलाई प्रत्यक्ष रूपमा बचत, ऋण, बिमा तथा रेमिट्यान्सलगायतका सेवा प्रवाह गर्न सफल भएको छ । सर्वसाधारणको लागि छुट्याइएको ५ करोड २२ लाख बराबरको आइपिओ शुक्रवारदेखि खुला भएको छ ।

Blog Post Ad Blog Post Ad