Ad Area

कांग्रेसको प्रवक्तामा महत नियुक्त


दाङ, २४ माघ  । कांग्रेसको प्रवक्तामा प्रकाशशरण महत नियुक्त भएका छन् । सभापति शेरबहादुर देउवाले सोमबार महतलाई पार्टीको प्रवक्तामा नियुक्त गरेका हुन् ।

देउवाको सचिवालयले महतलाई पार्टीको प्रवक्तामा नियुक्त गरिएको जनाएको छ । पूर्वसहमहामन्त्री महत यसअघि मंसिरमा भएको १४ औं महाधिवेशनमा पार्टीको महामन्त्रीका प्रतिस्पर्धी थिए । उनलाई सभापति देउवाले केन्द्रीय सदस्य मनोनित गरेका थिए । विधानअनुसार सभापतिले पार्टीको प्रवक्ता नियुक्त गर्न पाउने व्यवस्था छ ।

त्यहीअनुसार देउवाले पार्टीको प्रवक्तामा महतलाई नियुक्त गरेका हुन् । देउवाका परराष्ट्र र आन्तरिक राजनीतिका रणनीतिक सहयोगीसमेत रहेका महत पूर्वपरराष्ट्रमन्त्री समेत हुन् ।

 

Blog Post Ad Blog Post Ad