Ad Area

द्वन्द्वपीडितको स्वास्थ्य समस्यमा गम्भीर बन्न सरकारलाई आग्रह


दाङ,२७ माघ । स्वास्थ्य बिमामार्फत द्वन्द्वपीडित परिवारले भोग्दै आएको स्वास्थ्य समस्या समाधान गर्न सकिने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

समावेशी संक्रमणकालिन न्याय, मेलमिलाप तथा द्वन्द्व समाधानको लागि सामुदायिक क्षमता अभिवृद्धि कार्यक्रम अन्तरगत महिला कानुन र विकास मञ्च, इन्टरनेशनल अलर्ट र टिपिओ नेपालको संयुक्त रुपमा बुधवार घोराहीमा आयोजना गरेको द्वन्द्वपीडित स्वास्थ्य समस्या तथा सरोकारवालाको भूमिका विषयक जिल्लास्तरीय संवाद कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन ।

उनीहरुले सशस्त्र द्वन्द्वका क्रममा पाएको पीडा अधिकांस परिवारले अहिले पनि भोग्दै आएको भन्दै पीडित परिवारको पीडामा राज्यले मलम लगाउने काम गर्न नसकेको बताएका थिए । साथै उनीहरुले उपलव्धीका लागि योगदान गर्ने द्वन्द्वपीडित परिवारलाई विर्सिएको समेत गुनासो गरेका थिए । कार्यक्रममा पीडित परिवारका सदस्यले द्वन्द्वका क्रममा अभिभावक गुमाउदा समस्यामा परेका परिवारहरुलाई राज्यकोतर्फबाट निशुल्क बिमा गर्नुपर्ने, जटिल खालका विरामीलाई उपचारमा सहयोग गनुृपर्ने भएपनि राज्यले नगर्दा रोग पालेर बस्नु परेको द्वन्द्वपीडित परिवारकी सदस्य निशा चौधरीले गरेकी थिइन । उनले पीडित परिवारलाई स्वास्थ्य उपचारमा सहयोग गर्न समेत सरकारसँग आग्रह गरेकी थिइन ।

कार्यक्रममा घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तिले द्वन्द्वपीडित परिवारले भोग्दै आएको स्वास्थ्य समस्यालाई स्थानीय सरकारले स्वास्थ्य विमा कार्यक्रममार्फत सम्वोधन गर्न सक्ने बताए । त्यसका लागि स्थानीय सरकारको नेतृत्व गर्ने व्यक्तिहरुको इक्षाशक्तिमा भर पर्ने बताए ।

द्वन्द्वपीडितको भोग्दै आएको स्वास्थ्य समस्या समाधानका लागि घोराहीका केही वडाहरुमा निशुल्क स्वास्थ बिमा सुरु भएको भन्दै यसलाई उपमहानगरपालिकाभरी नै लग्न सके पीडित परिवारहरुको केही हदसम्म भोग्दै आएको समस्या कम हुने प्रमुख घर्तिले बताए । ‘ द्वन्द्वपीडित परिवारले भोग्दै आएको स्वास्थ्य समस्या समाधान गर्ने उपयुक्त उपाय भनेको स्वास्थ्य विमा हो’,स्वास्थ्य शाखा प्रमुख घर्तिले भने,‘त्यसका लागि द्वन्द्वपीडित परिवारले आवाज उठाउनुपर्छ र वडादेखि पालिका प्रमुखहरले पहल गर्नुपर्छ ।’ उनले सामान्य खालका विरामीहरुले निशुल्क सेवा पाउने गरेपनि जटिलखालका दिर्घ रोगको समस्या भएका परिवारलाई सहुलियत हुने बताएका हुन ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले द्वन्द्वपीडित परिवारको बलिदानी र त्यागका कारण देशमा उपलव्धी प्राप्त भएको र त्यसैको जगमा नेतृत्वमा आएका जनप्रतिनिधिहरुले समेत द्वन्द्वपीडित परिवारलाई बेवास्था गर्दा मन दुख्ने गरेको गुनासो गरेका थिए । कार्यक्रमको बारेमा महिला कानुन र विकास मन्चका जिल्ला प्रतिनिधि गोमा महाराले गरेकी थिइन् । कार्यक्रमको सहजीकरण सन्तोष चौधरीले गरेका थिए ।

Blog Post Ad

कार्यक्रममा द्वन्द्वपीडित परिवारका सदस्य, टोल विकास स्थाका प्रतिनिधि र सन्चारकर्मीलगायको सहभागीता रहेको थियो । सस्थाले घोराही उपमहानगरपालिका र दंगीशरण गाउँपालिकामा द्वन्द्वपीडित परिवारका लागि कार्यक्रम गर्दै आएको छ ।

Blog Post Ad Blog Post Ad