Ad Area

बिजुवारमा प्रदेशस्तरीय हाप्किडो प्रशिक्षक तथा रेफ्री सेमिनार हुने


प्युठान, २६ माघ । प्युठानको बिजुवारमा लुम्विनी प्रदेशस्तरीय हाप्किडो प्रशिक्षक तथा रेफ्री सेमिनार हुने भएको छ । प्युठान जिल्ला हाप्किडो संघको आयोजना तथा नेपाल मार्शल आर्ट्स हाप्किडो संघ लुम्बिनी प्रदेशको सहकार्यमा माघको २९ देखि फागुनको २ गतेसम्म लुम्विनी प्रदेशस्तरीय हाप्किडो प्रशिक्षक तथा रेफ्री सेमिनार हुने भएको हो ।

आगामी दिनमा प्युठानको माण्डवी गाउपालिकामा लुम्बिनी प्रदेशस्तरीय हाप्किडो च्याम्पियनसिप गर्ने निर्धारित मितीसंगै त्यस च्याम्पियनसीपलाई लक्षित गरि लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षक तथा रेफ्री सेमिनार गर्न थालिएको प्युठान जिल्ला हाप्किडो संघका अध्यक्ष टेकराज केसीले जानकारी दिएका छन् । उक्त सेमिनारलाई मास्टर काली बहादुर घर्तीमगर, भुवन बुढा मगर र प्रविण गुरुङले प्रशिक्षण दिने आयोजकले बताएका छन ।

खेल क्षेत्रको विकाससँगै प्रशिक्षकहरुमा टिमवर्क, जवाफदेहिता, आत्मविश्वास, आत्मअनुशासन, आत्मनिर्भर, जिम्मेवारी, जीवनको हरेक चुनौतीको सामना गर्न, शिक्षामा जागरण ल्याउन, प्रशिक्षकहरूको शारीरिक र मानसिक क्षमता अभिवृद्धि गर्न, नेतृत्व क्षमताको विकासका लागि, सकारात्मक सोचको विकास गर्न, नैतिक प्रणाली र सामाजिक सम्बन्ध र रूपान्तरण गर्ने लक्ष्यसहित अनुशासित, सक्षम र दक्ष खेलाडीहरु उत्पादनका लागि सेमिनार गर्न थालिएको बताए । प्रदेशस्तरिय सेमिनारमा लुम्विनी प्रदेशका १२ जिल्लाका विभिन्न डोजाङका प्रशिक्षकहरुको सहभागिता रहने प्युठान जिल्ला हाप्किडो संघका अध्यक्ष केसीले बताए ।

दाङ जिल्ला हाप्किडो संघको आयोजना तथा नेपाल मार्शल आर्ट्स हाप्किडो संघको सहकार्यमा यही माघको ४ देखि ६ गतेसम्म दाङको घोराहीमा लुम्बिनी प्रदेशस्तरीय हाप्किडो च्याम्पियनसीप र २२ गतेदेखि २८ गतेसम्म दाङको घोराहीमै वृहत पाँचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप हुने भनिएको कोभिड–१९ को कारण दुईवटै कार्यक्रम पुनः गर्ने गरि स्थगित गरिएको थियो । प्युठान जिल्लाभर स्कूलको २७ डोजाङमा नियमित हाप्किडोको प्रशिक्षण भरहेको प्युठान जिल्ला हाप्किडो संघले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad