Ad Area

तुलसीपुमा भएको घटना प्रति दाङउवासंघ द्धारा दुख व्यक्त


दाङ, २८ माघ । तुलसीपुरमा भएको अगलागि घटना प्रति दाङ जिल्ला उद्योग वाणिज्य संघले दुख व्यक्त गरेको छ ।

संघले शुक्रवार एक विज्ञप्ती जारी गरेर दुख व्यक्त गरेको हो । शुक्रवार विहान करिव १ बजे तुलसीपुर उपमहानगरपालिका वार्ड नं – ५ ङ लाइनमा रहेको इरम फुट वेयरमा आगलागी हँुदा सञ्चालक नजरुदिन अलि सहित ५ जनाको मृत्यु तथा व्यावसायिको व्यवसायमा पुगेको क्षति प्रति दाङ्ग जिल्ला उद्योग वाणिज्य संघ मर्माहत भएको संघका अध्यक्ष टंकसिह वुढाथोकी र महासचिव महेन्द्र वुढाथोकीद्धारा हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

दुःखको यस घडीमा संघ परिवार प्रति हार्दिक श्रद्धाञ्जली अर्पण तथा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै परिवार जनमा धैर्य धारण गर्ने प्रेरणा मिलोस भनि कामना समेत गरिएको छ ।

Blog Post Ad Blog Post Ad