Ad Area

तुलसीपुर अपडेट- ज्यान गुमाउने सबैकाे पहिचान खुल्यो


दाङ, २८ माघ । दाङ तुलसीपुर बजारको एक जुत्ताचप्पल पसलमा भएको भिषण आगलागी परी मृत्यु भएका पाँच जनाको सनाखत भएको छ ।                                                                                                            तुलसीपुर उपमहानगरपालिका ५ ‘ङ’ लाईन स्थित तुलसी बोर्डिङचोक नजिकै रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलको गोदाममा आगलागी हुदा तुलसीपुर ५ बस्ने ४२ बर्षिय नजरद्दिन अली, अन्दाजी ५ बर्षिय बालक अविनद्दिन अली, १६ बर्षिय मसिन बकस, १४ बर्षिय हसन बकस र १२ बर्षिया साजिता खातुन रहेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

गएराती दुई बजेतिर भएको आगलागी हुदा घर भित्र फसेका उनीहरुको मृत्यु भएको उनले जानकारी दिए । आगलागी घटनाबाट ३८ बर्षिय अमर डाँगीको सकुशल उद्धार गरिएको उहाले जानकारी दिए । अझै आगो पुर्ण रुपमा नियन्त्रणमा आएको छैन ।अहिले इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भईरहेको छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने आंशका गरिएको उनले बताए । आगलागीका कारण ठुलो मानविय संगै करोडौ मुल्य बराबरको क्षति भएको अनुमान गरिएको छ ।

Blog Post Ad Blog Post Ad