Ad Area

घोराही नगर छाला जुत्ता व्यवसायी संघ गठन


घोराही, २९ माघ । घोराहीमा शनिवार एक कार्यक्रम गरी घोराही नगर छाला जुत्ता व्यवसायी संघ गठन गरिएको छ । सोमराज रैदासको अध्यक्षतामा १३ सदस्सीय कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा खविलाल नेपाली, महासविच सुभाष नेपाली, सचिवमा महेन्द्र नेपाली, कोषध्यक्षमा तुल्सी नेपालीलाई चयन गरिएको छ ।

त्यस्तै सदस्यहरुमा सुन्दर नेपाली, सम्भु नेपाली, सोभाराम नेपाली, समिर सत्याल, प्रेम नेपाली, मधुसुदन रेग्मी, बालाराम नेपाली र दुर्गा नेपालीलाई चयन गरिएको छ । छाला जुत्ता व्यवसायी संघ दाङका अध्यक्ष जोगेन्द्र नेपालीको अध्यक्षता तथा नेपाल सार्की समाजका केन्द्रिय अध्यक्ष देवकुमार सार्कीको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी संघको घोराही नगर समिति गठन गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल सार्की समाजका अध्यक्ष सार्की र चेम्वर अफ तुलसीपुरका सहकोषाध्यक्ष युवराज नेपालीले सार्कीले जुत्ता बनाउने पेशालाई व्यवसायिक बनाउदा आर्थिक सम्बृद्धि भेट्न सकिने बताएका थिए । कार्यक्रमको सहजिकरण सुभाष नेपालीले गरेका थिए ।