कालिमाटी–काठमाडौं सिधा बस सेवा

शरद रेग्मी
कालिमाटी (दाङ), १ फागुन । जहाँ सडक त्यहाँ यातायात सेवाको पहुँच पु¥याउँदै आएको त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिले आफ्नो सेवा विस्तार पश्चिम दाङको करीब अन्तिम विन्दु तथा सल्यान—दाङको सिमा बजार सल्यानको कालिमाटीसम्म पु¥याएको छ । यसअघि तुलसीपुरबाट स्थानीय यातायात सेवा मात्रै प्रदान गर्दै आएकोमा आइतवारदेखि कालिमाटीबाट काठमाडौसम्मकै लागि सिधा यातायात सेवा सुरु भएको छ । यसले पश्चिम दाङबासीहरुलाई सहज रुपमा राजधानीमा जोडिन सहयोग पुगेको छ ।
कालिमाटी गाउँपालिका क्षेत्र र पश्चिम दाङबासीको आवश्यकतालाई मध्यनजर गर्दै सल्यानको कालिमाटीबाट सिधा काठमाडौं बस सञ्चालन गरेको छ । यसअघि त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिले पश्चिम दाङको बबई गाउँपालिकाको हंशपुर बजारबाट तुलसीपुर हुँदै काठमाडौँसम्मको रात्रि बस सेवा सञ्चालनमा ल्याएको थियो । कालिमाटीबाट रात्रिसेवा सञ्चालनसँगै प्रालिले अब निकट भविष्यमै कर्णालीलाई पश्चिम दाङको हापुरेसँग जोडेर तुलसीपुर–घोराही हँुदै राजधानी काठमाडौसम्म जोड्ने बताएको छ ।
प्रालिका अध्यक्ष सुरेश हमालको अध्यक्षता एवं कालिमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि खत्री र अध्यक्ष हमालले संयुक्तरुपमा रिवन काटेर सेवा शुभारम्भ गरेका थिए । बससेवा शुभारम्भ गर्दै प्रालिका अध्यक्ष हमालले निकट भविष्यमै आफूहरुले अब कर्णालीलाई पश्चिम दाङको हापुरे हुँदै पूर्व–पश्चिम राजमार्गको लमहीसँग जोड्ने बताए ।
‘हामी निकट भविष्यमै सुर्खेत–हापुरे–घोराही–लमही जोड्दै राजधानीसम्मैको यातायात जोड्ने छौं, यसले कर्णाली दाङ छिचोलेर राजधानीसँग जोडिने छ’, अध्यक्ष हमालले भने । उनले दाङ–हापुरे–सुर्खेत सडक पुरै कालोपत्रे भएमा पुरै कर्णालीबासी यो सडक भएर लमहीमा जोडिँदा भारी मात्रामा इन्धन बचत तथा समयको समेत बचत हुने उनले बताए । तुलसीपुर–सुर्खेत सडक कालोपत्रे हुन केही किलोमिटर मात्रै बाँकी रहेको छ ।
सुर्खेतलाई कोहलपुर हुँदै लमही जोड्नुभन्दा तुलसीपुर–घोराही हुँदै लमही जोडिँदा दुरीका हिसावले पनि निकै कम दुरी पर्ने पनि उनले बताए । सो अबसरमा बोल्दै प्रालिका अध्यक्ष सुरेश हमालले देशका सबैजसो शहरहरुमा आफूहरुले दशकौँदेखि निरन्तर यातायात सञ्चालन गरिरहेको बताए । उनले ग्रामीण क्षेत्रलाई शहरसँग जोड्न कालिमाटीबाट काठमाडौं डिलक्स रात्रि बस सञ्चालन गरेको जानकारी दिए ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सहनसिलता खत्री, वडा नं. ३ का वडा अध्यक्ष बीरबहादुर वली, बबई गाउँपालिका वडा नं. २ का अध्यक्ष चिन्तामणि शर्मा, नेपाली काग्रेसका पालिका सभापति टोपबहादुर केसी, नेकपा एमालेका अध्यक्ष केशरसिंह बुढा, नेकपा माओबादी केन्द्रका सचिव शालिकराम भट्टराई, नेकपा एमाले समाजबादीका अध्यक्ष गेहेन्द्र केसी, नेपाल स्वतन्त्र मजदुर संगठन दाङका अध्यक्ष केशब भण्डारी, व्यबसायीहरु उमेशचन्द्र मजगैयाँ, प्रकाश भट्टलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । काठमाडौं–कालिमाटी साँझ ५ः३० बजे बस छुट्ने तालिका मिलाइएको छ भने भाडादर १५ सय कायम गरिएको छ ।