Ad Area

राप्तीको खर्क गाउँमा बाख्रा वितरण


तिर्थराज ज्ञवाली
भालुवाङ २ फागुन । खर्क गाउँका नागरिककोे आर्थिक अवस्थामा सुधार ल्याउने उदेश्यका साथ प्रत्येक घर परिवारलाई बाख्रा वितरण गरिएको छ ।

गरिव विपन्न, अपाङ परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन राप्ती गाँउपालिका वडा नं १ को कार्यालयले खर्क गाउँका ११ घरपरिवारलाई बाख्रा वितरण गरेको हो । वडा नं १ का वडा अध्यक्ष तारा बहादुर डिसीको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको प्रमुख आथित्यतामा सोमवार खर्कमा एक कार्यक्रमका विच बाख्रा वितरण गरिएको हो ।

खर्क गाउँ राप्ती गाउँपालिकाको वडा नं १ अन्तरगत विकट बस्तीको रुपमा रहको गाउँ हो । जहाँ ११ घरधुरीको बसोबार रहेको छ । विद्युतको राष्ट्रिय लाईन पुग्न नसकेको कारण वडा कार्यालयले गाउँपालिका र सहयोगि निकासको पहलमा सोलार विजुली तथा सोलार लिफ्ट खानेपानीका ब्यवस्था गरेको छ ।

स्थानिय नागरिकको र गाउँको विकासका लागि स्थानिय सरकार लागि परेकोमा खर्क गाउँबासीहरुले खुसीको महसुस गरेको बताउछन् । बाख्रा वितरण पुर्व बाख्राको स्वास्थ्य चेकजाच तथा विमा गरिएको छ । स्थानीय तथा उन्नत जातका बाख्रा वितरण कार्यक्रममा वडा सदस्य पुर्ण जंग रेश्मी, पशु सेवा शाखा प्रमुख शेर बहादुर हमाल, वडा सचिव विश्व पौडेल, प्राविधिक शरद रमन पुरी, स्थानिय समाजसेवी टिका पुन लगायतको सहभागिता थियो ।

Blog Post Ad Blog Post Ad