Ad Area

लखन थापा स्मृति कप फुटबल प्रतियोगिता आजबाट


घोराही २, फागुन । प्रथम सहिद लखन थापा स्मृति कप फुटबल प्रतियोगित आजबाट हुँदैछ । नेपाल मगर संघ घोराही उपमहानगरपालिका नगर स्तरीय समितिले आज फागुन २ गतेबाट संचालन गर्न लागेको जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको तयारी र व्यवस्थापनका बारेमा यसअघि जानकारी लिने काम गरेको छ ।

नगर अध्यक्ष देवबहादुर बुढा मगरको अध्यक्षतामा बसेको बैठकले खेल आयोजना गर्दा लाग्ने सम्पूर्ण खर्च व्यवस्थापनको जिम्मा घोराही नगर कमिटीले लिने निर्णय गरेको छ । आज घोराही १४ स्थित लखनपार्कबाट झाँकीसहितको र्याली खेलमैदानमा पुुगेर प्रतियोगिताको उदघाटन गरिने भएको छ । जिल्लाभरका १२ वटा क्लबले प्रतियोगितामा भाग लिएका छन् ।

नकआउट चरणमा खेलाईने प्रतियोगिताको टाईसिट प्रकाशित भईसकेको प्रतियोगिता आयोजक समिति संयोजक मित्रलाल बुढाले जानकारी दिए । प्रथम सहिद लखन थापाको १४५ औँ स्मृति दिवसको सन्दर्भ पारेर आयोजना हुन लागेको प्रतियोगिताको विजेता क्लबले नगद १ लाख, र उपविजेता क्लवले नगद ५० हजारसहित मेडल र प्रमाण पत्र पाउने छ ।

यस्तै, यस वर्षबाट प्रतियोगिताको अन्तिम चारमा पुगेका दुई क्लबलाई पनि सान्त्वना स्वरुप नगद साढे १२ हजारका दरले प्रदान गरिने भएको छ । नवलपुर फुटबल मैदानमा हुने प्रतियोगिताकाृे उदघाटन खेल दिउँसे २ बजेबाट हुने भएको छ ।

Blog Post Ad Blog Post Ad