Ad Area

चार वर्ष उपलब्धिमूलक : मुख्यमन्त्री केसी


दाङ, ४ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशलाई समृद्ध बनाउको लागि करिब ४ वर्ष उपलब्धिको वर्ष भएको बताएका छन् । प्रदेश स्थापनाका अवसरमा देउखुरीको राप्ती उपत्यकामा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री केसीले समृद्ध प्रदेशका लागि विगतका चार बर्ष उपलव्धि मुलक भएको बताएका हुन ।

मुख्यमन्त्री केसीले आगामी वर्षको सरकारका काम कार्यलाई प्रभावकारी बनाउनको लागि अझै प्रदेश सरकारले गति प्रदान गर्ने समेत बताए । ‘लुम्बिनी प्रदेशबासीको लागि ४ वर्षको उपलब्धि मुलुकको वर्ष बनेको छ आगामी दिनमा अझै प्रभावकारीरुपमा अगाडि बढाउनुपर्छ’, लुम्बिनी प्रदेशका चौथौ स्थापना दिवसको सभालाई सम्बोधन गर्दै केसीले भने–‘यो अवधिमा धेरै राम्रा काम भएका छन् ।’

लुम्बिनी प्रदेशले जनताको आकांक्षालाई पूरा गर्नका लागि सरकार निरन्तर लागेको बताउँदै त्यसका लागि राजनीतिक एकता र सहकार्यको आवश्यक मुख्यमन्त्री केसीले बताए । लुम्बिनी प्रदेश सरकारको ३ वर्ष राजनीतिक हिसावले एकलजस्तो भए पनि पछिल्लो एक वर्ष नयाँ राजनीतिक सहकार्यतामा सरकार निर्माण भएकोले गठबन्धीय राजनीतिले अझै जनतालाई धरधुरीमा सेवा प्रदान गर्नका लागि अगाडि बढेको उनले बताए । लुम्बिनी प्रदेश सरकारले प्रदेशबासी जनताको गास, बास, कपास, शिक्षा स्वास्थ्यलगायत सबै पक्षको सुधारका गर्नका लागि निरन्तर प्रतिवद्ध रहेको समेत मुख्यमन्त्री केसीले बताए ।

शिक्षामा लुम्बिनी विश्व विद्यालय, स्वास्थ्यमा लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती अस्पताल, पर्यटकीय क्षेत्र, शैक्षिक क्षेत्रमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम, सडक, पुललगायत सबैलाई अगाडि बढाएको बताए । उनले गौतम बुद्धको जन्म र परिवर्तनको लागि उर्बर भूमि लुम्बिनी प्रदेश जनतालाई अनुभूति हुने गरी अगाडि बढाएको बताए । लुम्बिनी प्रदेशलाई समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश निर्माण गर्नका लागि अगाडि बढाएको बताएको मन्त्री केसीले बताए । संघीय सरकारले लुम्बिनी प्रदेशको विकासका लागि संघीय सरकार लागि परेको समेत बताए ।

मुख्यमन्त्री केसीले सधै देश र जनताको लागि सरकार रहेको प्रतिवद्धता व्यक्त गर्दै आगामी दिनमा अझै त्यसलाई सकरात्मकरुपमा अगाडि बढाउनको लागि प्रदेश सरकारले काम गरिरहेको बताए । उनले राष्ट्रिय महिला आयोगको संरचना प्रदेशमा लिन आवश्यक रहेको बताउँदै त्यस संरचना स्थापना र प्रदेश कार्यालय स्थापनाका लागि लाग्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रदेश सरकारले प्रदेशमा रही विभिन्न समाज सेवा गर्दै आएका ५७ जनालाई विभिन्न पदकबाट सम्मानित गरेको छ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले पदक सहित विभूषित गरेका थिए । प्रदेश प्रमुख जनसेवा पदक ‘क’ बाट अर्घाखाँचीका राजु नेपाली नामले चिनिने भक्तिप्रसाद आचार्यलाई प्रदान गरिएको छ । उनी नेपालको प्रजातान्त्रिक अन्दोलनका क्रममा भारतमा दर्जनौँपटक गिरफ्तार र गणतन्त्र प्राप्तिको आन्दोलनमा सहभागी भएको भन्दै पदक प्रदान गरिएको हो ।

Blog Post Ad

त्यस्तै प्रदेश प्रमुख जनसेवा पदक ‘ख’ कपिलवस्तुका रामवरण यादवलाइ प्रदान गरिएको छ । सोही पदक रुकुमपूर्वका प्रेम मल्ल र दिलमाया बीएमलाई प्रदान गरिएको छ । दुबैजनाले जनयुद्धका क्रममा शहादत प्राप्त गरेका थिए । प्रदेश प्रमुख जनसेवा पदक ‘ग’ ४ जनालाई प्रदान गरिएको छ ।

जसमा बाँकेका माताप्रसाद कुर्मी, गुलजार खान र रोल्पाकी लली रोका (तीनैजना शहीद) र बर्दियाकी निर्मला योगी (बेपत्ता) हुन् । मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘क’ गुल्मीका कर्णबहादुर छेत्री, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘ख’ दाङका बासुदेव गौतम र रोल्पाकी तेजकुमारी ओली, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘ग’ बर्दियाका टिकाराम थारु लाई दिइएको छ । प्रदेश सेवा समर्पण क बाट राजेन्द्र थापा , प्रदेश सेवा समर्पण ख १५ जनालाई, प्रदेश सेवा समर्पण ग २ जनालाई दिएको हो ।

यस्तैगरी उजिरसिंह दीप पदक ख ४ जनालाई, उजिरसिंह दीप पदक ‘ग’ २ जनालाई, समाजसेवा श्री पदक ‘क’ १ जनालाई, समाजसेवा श्री पदक ‘ख’ ८ जनालाई, समाजसेवा श्री पदक ‘ग’ २ जनालाई, प्रदेश रत्न पदक ‘ख’ १ जनालाई, प्रदेश रत्न पदक ग २ जनालाई, पुथाश्री शिखर पदक ग १ जनालाई, प्रदेश प्रज्ञा पदक ख २ जनालाई इिएको छ ।
प्रजापति गौतमी पदक ‘ख’ १ जनालाई, प्रजापति गौतमी पदक ‘ग’ २ जनालाई, दंगीशरण बलिहाङ पदक ‘ख’ १ जनालाई र दंगीशरण बलिहाङ पदक ‘ग’ १ जनालाई प्रदान गरिएको छ ।

कार्यक्रम लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यमा भएको थियो । आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको स्वागत मनतव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन निरु गौतमले गरेकी थिइन । स्थापना दिवसको अवसरमार नै लुम्बिनी प्रदेशको राजधानी निर्माणको लागि गुरुयोजना र जग्गा एकीकरणको कार्यमा भएको प्रगतिसमेत प्रस्तुतीकरण गरिएको थियो ।

Blog Post Ad Blog Post Ad