Ad Area

आप्रवासी कामदारहरुसँग छलफल


घोराही, ५ फागुन । वैदेशिक रोजगारमा जान तयार भएका र वैदेशिक रोजगारबाट फर्किएका युवाहरुको लागि सुरक्षित आप्रवासन परियोजना (सामी)ले विहीवार लमही ८ जहरेमा छलफल कार्यक्रम गरेको छ ।
कार्यक्रममा वैदेशिक रोजगारमा जान लागेका र फर्किएकाहरुलाई सामी परियोजनाकी सामाजिक सहजकर्ता अधिकृत प्रभात रोका र सुचना तथा परामर्शकर्ता रीता लामाले छलफल कार्यक्रम गरेका थिए । कार्यक्रममा सहभागीहरुलाई कागजपत्रको सुरक्षा, इजाजत प्राप्त म्यानपावर संस्था जाँच गर्ने तरीका, श्रम स्वीकृति जाँच गर्ने तरिका, वैदेशिक रोजगार एप्लीकेशन र वैदेशिक रोजगार वोर्डले दिने निशुल्क सीप तालिमको विषयमा जानकारी गराइएको थियो । यस्तै वैदेशिक रोजगारबाट फर्किएका र वैदेशिक रोजगारमा जान तयार भएका युवायुवतीहरुलाई सुरक्षित आप्रवासन परियोजना सामीले दिने सेवा सुविधाको बारेमा जानकारी दिइएको थियो ।
सामीले विदेशिक रोजगारमा जानेहरुलाई जिल्ला प्रसाशन र इलाका प्रशासन कार्यालयहरुबाट सेवा सुविधा दिनुको साथै टोल वस्तीहरुमा आप्रवासी कामदारहरुलाई सचेतनाको कार्यक्रम गर्दै आइरहेको छ ।

Blog Post Ad Blog Post Ad