Ad Area

व्यावसायिक एकता आवश्यक


दाङ, १९ असोज ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले नव निर्वाचित दाङ देउखुरी होटेल व्यवसायी तथा नेपाल सुन चाँदी व्यवसायी समिति संग परिचयात्मक कार्यक्रम गरेको छ । संघले मंगलवार एक कार्यक्रमको आयोजना गरेर नव निर्वाचित समिति संग परिचय गरिएको हो ।

दाङ देउखुरी होटेल व्यावसायि समिति संग भएको परिचयात्मक कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वोल्नेहरुले व्यावसाय क्षेत्रमा देखिएका समस्या समाधानका लागि एकता आवश्यक भएको बताएका थिए । व्यावसायि वीच समन्वय र एकता नभएकै कारण विभिन्न समस्या भोग्नुपरेको उनिहरुको भनाई थियो । कार्यक्रममा दाङ देउखुरी होटेल व्यवसायी समितीका अध्यक्ष दीपेन्द्र पुन, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल लगाएतकाले भनाइ राखेका थिए ।

संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रममा सहभागिलाइ धन्यावाद ज्ञापन संघका उद्योग उपाध्यक्ष अनिल आचार्यले गरेका थिए । कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।

यसैविच संघ र नेपाल सुन चाँदी व्यवसायी समिती घोराहीका नव निर्वाचित पदाधिकारीहरु विच परिचयात्मक कार्यक्रम गरिएको छ । कार्यक्रम संघका अध्यक्ष टंक सिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल सुन चाँदी व्यवसायी समिती घोराहीका अध्यक्ष विनोद वि कले संघका पदाधिकारीहरु संघ र सुन चादी व्यवसायीहरु विच सहकार्य हुदै आएको र आउदा दिनमा पनि निरन्तरता हुने बताए । संघका सदस्य ज्ञानवहादुर फौदार क्षेत्रिको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad