Ad Area

शान्तिनगरमा आधारभूत पत्रकारिता तालिम


तुलसीपुर, ८ फागुन । शान्तिनगर गाउँपालिका वडा नं. ७ मा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । अग्रिम साप्ताहिकको आयोजना तथा शान्तिनगर गाउँपालिका वडा नं. ७ को आर्थिक सहयोगमा शुक्रवारदेखि तालिम सुरु भएको हो ।

पत्रिकाका प्रकाशक दीपक बोहराको अध्यक्षता तथा वडाध्यक्ष पिमलाल वलीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो । त्यस अवसरमा वडाध्यक्ष वलीले पत्रकारिता नै विकासको आधार भएकाले गाउँ–गाउँमा पत्रकारिताको विकास हुन आवश्यक रहेको बताए । त्यसैले पनि आफूले गाउँ–गाउँमा पत्रकाकारिताको विकासका लागि यो तालिममा सहयोग गरेको बताए ।

वडा सचिव ज्ञानबहादुर परियारले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा वडा सदस्य बुद्धिराम चौधरीलगायतले भनाइ राखेका थिए । पहिलो दिन दीपक बोहरा र अनिता पोख्रेलले प्रशिक्षण दिएका थिए । कार्यक्रमको सहजीकरण संयोजक देवराज कँडेलले गरेका थिए ।