Ad Area

होलेरीमा श्रीमद्भागवत पितृमुक्ति सप्ताह हुने


दाङ, ८ फागुन । रोल्पाको होलेरीमा श्रीमद्भागवत पितृमुक्ति सप्ताह एवम सांस्कृतिक महोत्सव हुने भएको छ । यही फागुन १७ गते देखि सप्ताह हुने आयोजकले जनाएको छ । मुरुल्ले म्याग्जीनगढी पर्यटन विकास समितीको आयोजनामा सप्ताह हुन थालेको हो ।

माघ महिनामा सञ्चालन गर्ने तयारी गरिए पनि कोभिड सङक्रमण बढ्दै गएको र सरकारले रोक लगाएको कारण स्थगित भएको आयोजक समितिका संयोजक गोविन्द घर्तीले जानकारी दिए । मुरुल्ले लेक अवस्थीत अर्धानारेश्वर धामको विकासका लागि सप्ताह आयोजना गरिएको संयोजक घर्तिको भनाइ रहेको छ ।

रुन्टी गाउपालिका वडा नं ६ होलेरी वजारमा हुने उक्त रोल्पाको होलेरीमा श्रीमद्भागवत पितृमुक्ति सप्ताहको वाचक अन्र्तराष्ट्रिय स्वर्ण पदकवाट विभुषित पं अमृत देवाचार्य रहेका छन् । सप्ताहमा उपस्र्थीतका लागि समेत आयोजकले सबैमा आग्रह गरेको छ ।

Blog Post Ad Blog Post Ad