Ad Area

लखन कपको फाइनलमा बडहरा र राप्ती गाउँपालिका भिड्ने


दाङ,८ फागुन । लखन कप फुटबल प्रतियोगिता–२०७८ को फाइनलमा घोराहीको बडहरा युवा क्लव र राप्ती गाउँपालिकाको फुटवल टिम भिड्ने भएका छन् ।

आइतवार भएको दोश्रो सेमिफाइनल खेलमा बडहरा युवा क्लबले टरिगाउँ युवा क्लबलाई २–१ गोलले पराजित गर्दै फाईनलमा राप्ती गाउँपालिकासंगको भेट पक्का गरेको हो ।

निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा १–० ले पछि परेको अवस्थामा बडहराले उत्कृष्ठ खेल प्रदर्शन गर्दै कमव्याक जित निकाल्दै फाइल प्रवेश गरेको थियो । पहिलो हाफमा एक गोल गर्दै टरिगाउँले अग्रता बनाएपनि दोश्रो हाफमा अग्रतालाई जोगाउन नसक्दा सेमिफाइनलमै चित्त बुझाउन बाध्य भएको हो ।

यसअघि शनिवार भएको पहिलो समिफाइनल खेलमा घोराहीको मेघा युवा क्लवलाई १–० अन्तरले पराजित गर्दै राप्ती गाउँपालिकाको टिम फाइनलमा प्रवेश गरेको थियो । अब फागुन १० गते मंगलबार दिउँसो २ : ३० बजे फाइनल खेल बडहरा युवा क्लब र राप्ती गाउँपालिकाबिच हुने भएको छ ।

घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थीत जारी लखन कप फुटवल प्रतियोगितामा जिल्लाका १२ वटा टिमहरुको सहभागिता रहेको थियो ।

प्रथम सहिद क्याप्टेन लखन थापा मगरको १४५ औं स्मृति दिवसको अवसरमा नेपाल मगर संघ घोराही नगरसमितिको आयोजना भएको प्रतियोगिताको बिजेता टिमले नगद एक लाख र उपबिजेता टिमले नगद ५० हजार रुपैया जित्ने छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad