Ad Area

दाङमा सीमसार क्षेत्र संरक्षणले पर्यावरणसँगै स्थानीय लाभान्वित


घोराही, ८ फागुन । दाङमा पछिल्ला वर्षहरुमा सीमसार क्षेत्र, ताल तलैया, पोखरीको संरक्षण प्रयासले पर्यावरणसँगै स्थानीयलाई प्रसस्त फाईदा पुगेको छ । संरक्षणविहीन अवस्थामा रहेका जिल्लाका धेरै जसो सीमसार क्षेत्रमा स्थानीय सरकार र प्रदेश सरकारले संरक्षणको प्रयास थालेसँगै अहिले धेरै जसो स्थानमा नमूनायोग्य काम भएको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा त्यस्ता सीमसार क्षेत्रलाई बढी प्राथमिकता दिएर संरक्षण गर्न थालिएको स्थानीय सरकारले जनाएका छन् । खासगरी, दाङ उपत्यकाको घोराही, तुलसीपुुर, बबई, दंगीशरण र शान्तिनगर गाउँपालिकाका विभिन्न स्थानमा पानी संरक्षणको काम भएको छ । जिल्लामा सबैभन्दा बढी घोराही उपमहानगरपालिका क्षेत्रमा ड्याम निर्माण गरिएको छ ।  घोराहीमा २८ स्थानमा ड्याम निर्माण गरिएको नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए ।

उता, तुलसीपुर उपमहानगरपालिका १८ मा चारवटा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालयले पनि जिल्लाका बबई, तुलसीपुर, घोराही, शान्ति नगरपालिकाका वन क्षेत्रमा सीमसार क्षेत्रको संरक्षण अभियान सञ्चालन गरेको छ । जैविक विविधता कायम गर्न, वन क्षेत्रमा गर्मीयाममा डढेलो नियन्त्रण गर्न, जलचर, थलचर, वन्यजन्तुको संरक्षणका लागि पनि पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालयको भनाई छ ।

वृहत दाङ उपत्यका सिँचाई आयोजनामार्फत जिल्लामा १७ वटा ड्याम गत वर्ष निर्माण गरिएको छ । पछिल्लो समय खोला, नदीमा बालुवा गिट्टी उत्खनन, क्रसर उद्योग र मानवको उपस्थिति हुन थालेपछि चरा सीमसार क्षेत्रमा बढी देखिन थालेको छन् । सीमसार क्षेत्रको संरक्षण गरिएसँगै कृषकले बाह्रै महिना सिँचाई सुविधा भएपछि कृषि क्षेत्रबाट प्रसस्त लाभ लिन थालेका छन् ।

हिउँद र गर्मी मौसममा घरमा खनिएका कुवा सुक्ने समस्या पनि हटेको स्थानीयको भनाई छ । कुनै बेला पानी अभावका समस्या भोगेका नागरिकले सीमसार संरक्षणले धेरै लाभ पाउन सफल भएका छन् ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad