Ad Area

प्रचण्डलाई खबरदारी गर्न युवाको आन्दोलन


 दिवाकर पोख्रेल

देउखुरी, ९ फागुन । नेकपा माओवादी केन्द्र निकट युवातथा विद्यार्थीहरुले आफना पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खबरदारी गर्नको लागि आन्दोलन गरेको बताएका छन् । युवाहरुले अन्य पार्टीका युवारुको तुलनामा माओवादीको यूवा तथा विद्यार्थी संङगठन फरक रहेको स्मरण गराउँदै आम जनताबाट प्रचण्डले एमसीसी रोक्नुपर्छ भन्ने आशय आइरहेकाले आफुहरुले पनि जनताकै पक्षमा रहेर आन्दोलन गरिरहेको उनिहरुको दावी थियो ।

योङकम्युनिष्ट लिग( वाइसीएल) र अखिल क्रन्तिकारीले आज दाङको लमहीमा पत्रकार सम्मेलन गर्दै आफुहरुको आन्दोलन एमसीसीको विपक्षमा रहेको स्मरण गराएका छन् । वाइसिएल दाङ जिल्ला कार्यालय सदस्य लोकमणि बन्जाडे लेनिनले पत्रकारले राखेको जिज्ञासाको जवाफ दिदै पार्टीको आधिकारीक धारणा एमसीसी विना शंसोधन पारीत गर्न नहुने भएको र सोही विषय स्मरण गराउन नियमित आन्दोलन गरिहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, पार्टीको धारणा एमसीसी यही अवस्थामा पास हुन्न भन्ने हो,हामी निरन्तर खबरदारीमै छौ,उहाँले भन्नुभयो । यस्तै अखिल क्रान्तिकारी दाङका अध्यक्ष कल्याण अधिकारीले आफ्नो पार्टी अध्यक्षको भूमिका बारे नकरात्मक हल्ला फिजाउन खोजिएको भन्दै अध्यक्ष प्रचण्ड यूवाको धारणा र मनोवैज्ञान भन्दा फरक गतिविधि नगर्नेमा आफुहरु ढुक्क रहेको बताउनुभयो । उहाँले भन्नुभयो, हामी सबै एमसीसीको विपक्षमा छौ, संसदमा पेश भएको एमसीसी असफल पार्ने काममा पार्टी अध्यक्ष लाग्नुपर्छ,एमसीसी असफल पार्नको लागि खबरदारी गर्न आग्रह गर्दै, हामी हाम्रा अध्यक्षलाई पनि खबरदारी गरेका छौ, उहाँले भन्नुभयो ।

एमसीसीको बिरुद्धमा काठमाण्डौमा दैनिक जसो विद्यार्थी र यूवाको जुलुसलाई नजरअन्दाज गर्दै माओवादीलाई गलत तरिकाबाट ब्याख्या गर्न नहुने भन्दै यो भ्रम चिर्नको लागि पनि पत्रकारसंघ आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, हाम्रा साथिहरु काठमाण्डौमा घाइते भएर अस्पतालमा जाँदा पनि माओवादीको एमसीसीको बारेमा धारणा केहो ? भन्नेहरुलाई बानेश्रमा आन्दोलन नियाल्दै सहभागि हुन समेत आग्रह गर्दछु । वाइसिल र अखिल क्रन्तिकारीले सयुक्त रुपमा विज्ञप्ती जारी गर्दै एमसीसी विरोधी अभियानमा जोडिन सबैलाई आग्रह समेत गरिएको छ ।

पत्रकार सम्मेलनमा पार्टीको तर्फबाट एक्यवद्धता जाहेर गर्दै माओवादी केन्द्र लमही नगर अध्यक्ष बसन्त शर्माले एमसीसी विरोधी आन्दोलनमा यूवाहरुको भूमिकाको प्रशशा गनुृभयो । यसैगरी पत्रकार सम्मेलनमा केन्द्रका नगर सचिव ओम प्रसाद सुवेदी सागरले पार्टीको नगरको पछिल्लो गतिविधिको बारेमा जानकारी गराउनु भएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad