Ad Area

घोराहीमा दोस्रो ‘लक्ष्मण डाँगी स्मृति कप’ फुटबल आजदेखि


घोराही, फागुन १२ । दाङ घोराहीमा बिहीबारबाट दोस्रो लक्ष्मण डाँगी स्मृति कप फुटबल प्रतियोगिता हुन लागेको छ । वेष्ट नेपाल फुटबल एकेडेमीको आयोजनामा अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता हुने लागेको हो ।

प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक वेष्ट नेपाल फुटबल एकेडेमीका अध्यक्ष सन्दीप वलीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा कक्षा १२ सम्म पढ्ने विद्यार्थीहरु सहभागी हुने भएका छन् । खेल लिग कम नकआउट आधारमा खेलाईने हुँदा ४ वटा समुहमा विभाजन गरी खेल तालिका सार्वजनिक गरिएको छ ।

जसमा तुलसीपुुर, घोराही र लमही क्षेत्रमा रहेका विद्यालयले भाग लिएका छन् । प्रतियोगिता भरतपुर खेल मैदानमा हुने छ । प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार १ सय ५१ रुपैयाँ र द्वितीय हुनेले टिमले २१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने भएका छन् ।

तल्लो तहबाटै खेलाडी उत्पादनमा टेवा दिने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको बताईएको छ । २०७५ मंसिर १२ गते घोराही १७ को कृत्रिम जलासयमा डुबेर मृत्यु भएका डाँगीको सम्झनामा प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ ।

लुम्बिनी प्रदेश स्तरीय १४ वर्ष मुनि फुटबल प्रतियोगिता चैत महिनामा

आउने चैत महिनामा लुम्बिनी प्रदेश स्तरीय १४ वर्ष मुनि फुटबल प्रतियोगिता हुँदैछ । गिरिजाप्रसाद कोइराला फाउन्डेसन युवा तथा खेलकुद विभाग लुम्बिनी प्रदेशको आयोजनामा कपिलवस्तुमा प्रतियोगिता हुन लागेको हो ।

अहिले प्रतियोगिता सञ्चालनका लागि तयरी तिव्र पारिएको लुम्बिनी प्रदेश फुटबल संघका सह महासचिव समिर वलीले जानकारी दिए । प्रतियोगिता लुम्बिनी प्रदेश फुटबल संघको समन्वयमा हुँदैछ ।

Blog Post Ad

प्रतियोगितमा प्रथम पुरस्कार, २ लाख २२ हजार २ सय २२, द्वितीय पुरस्कार १ लाख ११ सय १ सय ११ रुपैयाँ रहेको छ । त्यस्तै अनुशासित टिमलाई ५ हजार, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट मिड फिल्डर लगायतलाई पनि ५ हजार पुरस्कारको व्यवस्था गरिएको उनले बताए । प्रतियोगितामा सहभागी हुने टिमको टिम दर्तासँगै खाने, बस्ने निशुल्क रहेको छ ।

Blog Post Ad Blog Post Ad