Ad Area

घोराहीमा फागुन २६ बाट दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी हुने


घोराही, १२ फागुन । दाङको घोराहीमा यही फागुन २६ गतेबाट दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी गर्न लागिएको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा फागुन २६ देखि चैत ८ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष एवं मूल आयोजक समिति संयोजक टंकसिंह बुढाथोकीले जानकारी दिए। कोरोना महामारीका कारण धरासयी बनेको अर्थतन्त्र उत्थान र यस क्षेत्रको कृषि, पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने लक्ष्यका साथ महोत्सव गर्न थालिएको उनले बताए ।

महोत्सवबाट प्राप्त हुने आम्दानीलाई संघको संस्थागत विकास एवं उद्यमी विकासमा उपयोग गरिने, स्वदेशी उत्पादनमा बृद्धिगरी परनिर्भरमुखी अर्थतन्त्रलाई कम गर्न सहयोग पुयाउने मुल उद्धेश्य राखिएको छ ।

यस अघि संचालित महोत्सवबाट बहुउद्देश्यीय सभा गउह निर्माण र घोराही स्वर्गद्वारी सडक संजाललगायत जिल्लाको आर्थिक समृद्धिमा लगानी गरिएको छ । महोत्सव दाङको घोराही उपमहानगरपालीका १४ झिँगौरामा आयोजना हुने भएको आज पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ ।

प्रदर्शनीमा औद्योगिक तथा व्यापारीक वस्तुहरुको प्रदर्शनी एवं विक्री, हस्तकला, कृषि, जडिवुटी तथा पर्यटन सूचना एवं सूचना प्रविधिको प्रदर्शनी, बिभिन्न प्राविधिक विषयमा जानकारी तथा विज्ञ सहितको अन्तरक्रिया, प्रदर्शनीका आकर्षणका लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु, वाल उद्यान, साँस्कृतिक, कला साहित्य झल्कने कार्यक्रम र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको गतिविधि रहने, प्रदर्शनी स्थलमा लुम्विनी प्रदेशका जिल्लाहरुबाट उत्पादित वस्तुहरुका स्टल रहनुका साथै करिब ५ लाख दर्शकहरुले प्रदर्शनी अवलोकन गर्ने र करीब २० करोड रुपैयाको आर्थिक कारोवार हुने विश्वास आयोजकले लिएको छ ।

महोत्सव सफल बनाउन विभिन्न उपसमिति पनि गठन गरिएको दाङ जिल्ला उद्योग वाणिज्य संघले जनाएको छ । यसअघि माघको दोश्रो साताबाट महोत्सव संचालन गर्न आन्तरिक तयारी भईरहेका बेला कोरोना महामारीको जोखिम बढेपछि कार्यक्रम स्थगित गरिएको थियो ।

Blog Post Ad

यस क्षेत्रको सबैभन्दा पुरानो र सशक्त संस्थाका रुपमा रहेको दाङ जिल्ला उद्योग वाणिज्य महोत्सव सफल बनाउन सम्पूर्णमा अपिल गरेको छ । पत्रकार सम्मेलनको सहजीकरण संघका महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad