Ad Area

विद्युतका लागि घोराही वितरण केन्द्रमा १९ सय बढीको आवेदन


दाङ, १३ फागुन । नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रमा विद्युत लाइन जडानका लागि करिब १ हजार ९ सय बढीको आवेदन परेको छ । आर्थिक बर्ष २०७८÷०७९ को हालसम्म १ हजार ९ सय ४५ जनाको आवेदन परेको हो । विद्युत विस्तारसँगै सहरी क्षेत्रमा जनसंख्या बढ्दै गएपछि घोराहीमा विद्युत जडान गर्नेका लागि निवेदन दिने ग्राहकहरुको संख्या समेत बढ्दै गएको छ ।

विद्युत जडानका लागि आवेदन दिएकामध्ये हालसम्म ६ सय ३० जनाको घरमा विद्युत जडान गरिएको नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्र नयाँ ग्राहक सेवा फाँटका जंगबहादुर घर्तीले जानकारी दिएका छन् । उनका अनुसार विद्युत जडानका लागि आवेदन दिए पनि नेपाल विद्युत प्राधिकरण केन्द्रले शाखामा मिटर बक्स नपठाउँदा धेरै ग्राहकको घरमा विद्युत जडान गर्न नसकिएको बताए । विद्युत प्राधिकरणले टेण्डर प्रक्रियामार्फत भारतबाट मिटर बक्स खरिद गर्ने गरेको छ तर यस पटक मिटर बक्स खरिद गर्न ढिलाई गर्दा जिल्लामा मिटर बक्स पु¥याउन समस्या भएको उनले बताए ।

‘विद्युत जडानका लागि धेरैले कार्यालयमा आवेदन दिनुभएको छ तर कार्यालयमा मिटर बक्स अझै आइपुगेको छैनन्’, उनले भने– ‘विद्युत प्राधिकरणले टेण्डरमार्फत मिटर बक्स खरिद गरेर नेपाल ल्याइसकेको छ । अब जिल्लामा पठाएपछि निवेदन दिएका ग्राहकको घरमा जडान गर्नेछौ ।’ उनले काठमाडौँमा स्मार्ट विद्युत मिटर बक्स जडान गर्दा त्यहाँबाट दाङ पठाएका ६ सय बढी मिटर बक्सहरु भने ग्राहकको इच्छाहरु अनुसार यो अवधिमा जडान गरिएको नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रले जनाएको छ । मिटर बक्स नभएपछि धेरै ग्राहकहरुले घरमा वाइरिङ गरे पनि लामो समयसम्म मिटर बक्स पाउन नसकेको गुनासो गर्दै आएका छन् ।

महशुल नतिर्ने डेढ सय बढीको लाइन काटियो

नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रले समयमै विद्युत महशुल नतिर्ने डेढ सय बढी ग्राहकको लाइन काटेको छ । आर्थिक बर्ष २०७८÷०७९ को दश महिनाको अवधिमा एक सय ७३ ग्राहकको लाइन काटेको हो ।

नियमितरुपमा तीन महिनासम्म विद्युत महशुल नतिर्ने ग्राहकहरुको लाइन काट्ने नेपाल विद्युत प्राधिकरणको नियम भए पनि जिल्लामा ६ महिनासम्म विद्युत नतिर्ने ग्राहक तथा उद्योगहरुको लाइन काटेको नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रका लेखा प्रमुख डिल्लीराज आचार्यले जानकारी दिएको छ । उनका अनुसार घरबत्ती बाल्ने १ सय २८ घर, ३२ उद्योग र १३ जना व्यवसायीहरुको लाइन काटिएको हो ।

Blog Post Ad

नियमित विद्युत महशुल तिर्न बाँकी एक सय ७३ ग्राहक तथा उद्योगबाट १ करोड १७ लाख ७१ हजार ३ सय ९२ रुपैया १३ पैसा विद्युत महशुल नतिरेपछि कार्यालयले विद्युत काटेको नेपाल विद्युत प्राधिकिरण घोराही वितरण केन्द्रका लेखा प्रमुख आचार्यले बताए । उनका अनुसार लाइन कारिएका १ सय ७३ जना ग्राहकहरुमध्ये १ सय ३७ जनाले पुनः विद्युत जडान गर्दा ९६ लाख ७९ हजार चार सय ६१ रुपैयाँ ७८ पैसा विद्युत महशुल बाफतको रकम संकलन भएको बताए ।

जसमा पुनः विद्युत जडान गर्ने घर बत्ती बाल्ने ९५ घरधनी, ३३ उद्योगी र ९ जना व्यापारी रहेको कार्यालयले जनाएको छ । लेखा प्रमुख आचार्यका अनुसार विद्युत काटिएकामध्ये ३६ जनाले अझैसम्म पुनः जडान नगरेको बताए ।

Blog Post Ad Blog Post Ad