नेपाल प्रगतिशील प्राध्यापक संगठन दाङको अध्यक्षमा पुनः सुवेदी चयन

घोराही, १४ फागुन । नेपाल प्रगतिशील प्राध्यापक संगठन महेन्द्र बहुमुखी क्याम्पस दाङको अध्यक्षमा पुनः उपप्राध्यापक नवराज सुवेदी चयन भएका छन् ।
उपप्राध्यापक सुवेदीकोे अध्यक्षतामा शनिबार सम्पन्न अधिवेशनले ७ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो । सचिवमा उपप्राध्यापक केबी चौधरी, कोषाध्यक्षमा ईश्वरी घिमिरे चयन भएका छन् । यसैगरी सदस्यहरुमा विष्णु दाहाल, शोभाकान्त अधिकारी, तिलक डिसी र तोयानाथ बेल्बासे चयन भएका छन् ।
अधिवेशनले नयाँ कार्यसमिती चयन गर्दै अवकाश प्राप्त चार जना सह–प्राध्यापकलाई सम्मान पनि गरेको छ । सम्मानित हुनेहरुमा सह–प्राध्यापकहरु शिव गौतम, भूमिराज गौतम, नारायणप्रसाद अधिकारी र पहलबहादुर डाँगी रहेका छन् ।
नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय सदस्य तीर्थराज न्यौपानको प्रमुुख आतिथ्यता तथा त्रि.वि. प्राध्यापक संघका केन्द्रीय सदस्य सुन्दर गौतमको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमका वक्ताहरुले शैक्षिक उन्नयनमा संगठनका माध्यमबाट हुँदै आएको भूमिकालाई थप प्रभावकारी बनाउन गम्भीर बन्न आवश्यक रहेको धारणा राखेका थिए ।
क्याम्पस प्रमुख भरतराज न्यौपाने, प्राध्यापकहरु मेनका पोख्रेल, श्याम आचार्य, सुदर्शन रिजाललगायतले यस क्षेत्रको शैक्षिक धरोहरका रुपमा रहेको क्याम्पसको शैक्षिक स्तर अझ माथि उकास्न प्राध्यापक र विद्यार्थीबीचको सम्बन्ध सुमधुर बनाउँदै गतिविधि चलायमान बनाउनु पर्ने बताए । कार्यक्रमको सहजीकरण उप–प्राध्यापक एवं सहायक क्याम्पस प्रमुख केबी चौधरीले गरेका थिए।