Ad Area

प्रतिष्ठानका उपकुलपति डा लामिछानेलाई नारायणपुरमा स्वागत


दाङ,१५ फागुन । राप्ती स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. बिकास लामिछानेलाई नारायणपुर उद्योग वाणिज्य संघले स्वागत तथा सम्मान गरेको छ ।

शनिबार एक कार्यक्रमको आयोजना गरी संघले उपकुलपति लामिछानेलाई सम्मान गरेको हो । नारायणपुर उद्योग संघका अध्यक्ष अभियान बस्नेतको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा उपकुलपति डा. लामिछानेले प्रतिष्ठानका सेवा सुविधालाई विस्तार गर्दै लैजाने बताएका थिए । ‘आफ्नै गाउँठाउँमा स्वास्थ्य क्षेत्रमा सेवा गर्ने अवसर मिलेको छ ।

मैले आफूले सकेसम्म प्रतिष्ठानको सुविधालाई बिस्तार गरेर लैजाने प्रयत्न गर्नेछु ।’ उपकुलपति डा. लामिछिानेले भने ।कार्यक्रममा सिद्धरत्ननाथ माध्यामिक विद्यालय नारायणपुरका प्राचार्य उत्तम खनालले नारायणपुर क्षेत्रको स्वास्थ्य सेवाका बारेमा जानकारी गराएका थिए । संघका उपाध्यक्ष तिलक महराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिन बसन्त न्यौपानेले गरेका थिए ।