Ad Area

प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सन्चालनका लागि आयोगद्वार अनुगमन


दाङ,१५ फागुन । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले आफ्नो उद्देश्य अनुरुप स्वास्थ्य उपचार सेवाको साथै शैक्षिक कार्यक्रम सञ्चालनको लागि यही शैक्षिक सत्र देखि द्य।क्अ। ल्गचकष्लन, द्यल्क् र द्यबअजभयिच या एजबचmबअथ कार्यक्रममा पठनपाठन सुरु गर्ने भएको छ । त्यही क्रममा कार्यक्रमहरुको ऋगचचष्अगगिm स्वीकृत गरे लगत्तै चिकित्सा शिक्षा आयोगले आइतवार स्थलगत अबलोकन गरेको हो ।

आयोगले अस्पतालको पूर्वाधार बिकाससहित प्रदान हुने सेवा सुबिधा, आबश्यक जग्गाका बारेमा अनुगमन गरेको थियो । आयोगको अनुगमनपछि प्राप्त सल्लाह सुझाबका आधारमा प्रतिष्ठानमा सन्चालित कार्यक्रमको लागि सख्या निर्धारण हुने शिक्षाध्यक्ष डा बसन्त लामिछानेले बताएका छन् । प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सन्चालनका लागि आवश्यक पर्ने ल्याब, लाइब्रेरी, लेक्चरल हललगायतको पनि अबलोकन गरेको थियो ।

आयोगको टोलीले स्थलगत अबलोकनपछि सकारात्मक प्रतिकृया दिएको र आयोगको सल्लाह अनुसार नै काम अघि बढिरहेको रजिस्ट्रार प्रकाश थापाले बताए । शैक्षिक कार्यक्रम संचालनमा प्रतिष्ठानले चाल्नुपर्ने आवश्यक कदमको विषयमा आयोगले प्रतिष्ठानको पदाधिकारी टोलिलाई महत्वपूर्ण सल्लाह तथा सुझाव दिएको थियो ।

चिकित्सा शिक्षा आयोगबाट नर्सिङतर्फ प्रा मन्दिरा वन्त, फार्मेसिकोतर्फ प्रा.डा. धर्मप्रशाद खनाल, आयोगबाट कृष्ण पौडेल, प्रतिष्ठानका उपकुलपती डा. बिकास लामिीने, शिक्षाध्यक्ष डा बसन्त लामिीने रजिस्ट्रार प्रकाश थापा, डिन डा सागर पन्थी, अस्पताल निर्देशक डा प्रज्ञा बस्नेत, सहायक निर्देशक डा एञ्जिलिका कार्कीसहितको टोलीले स्थलगत अबलोकन गरेको हो ।

Blog Post Ad Blog Post Ad