Ad Area

स्कुल छोड्ने बालबालिका रोक्ने योजना छैन


दाङ, २० फागुन । सरकारले स्कुल आएका विद्यार्थीहरुलाई स्कुलमा रोक्नका लागि विभिन्न योजना ल्याएको छ । तर जिल्लामा सामुदायिक विद्यालय पुगेका विद्यार्थीहरु विद्यालय छोड्न भने रोकिएको छैन । विद्यालय छोड्ने विद्यार्थीहरु रोक्नका लागि माध्यमिक विद्यालयसम्मको सञ्चालन तथा व्यवस्थापनको जिम्मा पाएका स्थानीय तहहरुले समेत ठोस योजना ल्याउन सकेका छैनन् ।

स्थानीय पालिकाहरुले संघीय सरकारले ल्याएको कार्यक्रमबाहेक नयाँ कुनै पनि योजना ल्याउन सकेका छैनन् । संघीय सरकारले ल्याएको दिवा खाजा, छात्रवृत्ति तथा सेनेटरी प्याड वितरण कार्यक्रम स्थानीय तहहरुले गर्दै आएका छन् । आफैले भने कुनै योजना ल्याउन सकेका छैनन् । ‘स्थानीय तहहरुमा विद्यालय छोड्ने बालबालिका रोक्ने आफ्नो कुनै योजना ल्याएको छैन’, स्थानीय तहका शिक्षाका एक कर्मचारीले भने । संघीय सरकारले ल्याएको कार्यक्रमलाई नै निरन्तरता दिँदै आएको उनले बताए । स्थानीय तहहरुले पनि यसका बारेमा योजना निर्माण गरेर विद्यालयसम्म बालबालिका पु¥याउने र भर्ना भएकालाई टिकाइराख्न आवश्यक योजना बनाउन जरुरी भएको उनले बताए ।

विद्यालयसम्म पुगेका विद्यार्थीहरुले समेत विद्यालय छोड्ने गरेका छन् । विद्यालयहरुले समेत विद्यार्थीहरुलाई विद्यालयमा रमाएर बस्ने वातावरण निर्माण गर्न सकेका छैनन् । जिल्लामा सबैभन्दा बढी विद्यालय कक्षा २ मा अध्ययनरत विद्यार्थीहरुले छोड्ने गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका अनुसार शैक्षिक–सत्र २०७७ को तथ्यांकअनुसार सबैभन्दा बढी कक्षा २ मा पढ्ने विद्यार्थीले विद्यालय छोडेका छन् । शैक्षिक सत्र २०७७ मा ३.३ प्रतिशत विद्यार्थीले विद्यालय छाडेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख मित्रप्रसाद गौतमले बताए ।

शिक्षा विकास तथा समन्वय इकाईका शैक्षिक सत्र २०७७ का अनुसार जिल्लामा कक्षा १ मा कक्षा दोहो¥याउने दर ७.३ प्रतिशत र कक्षा छोड्ने दर ३ प्रतिशत छ । कक्षा २ मा ४.५ प्रतिशत विद्यार्थीले कक्षा दोहो¥याउने गरेका छन् भने ३.३ प्रतिशतले विद्यालय छोड्ने गरेका छन् । कक्षा ३ मा ४.५ प्रतिशतले कक्षा दोहो¥याउने गरेका छन् भने २.३ प्रतिशतले कक्षा छाड्ने गरेका छन् । कक्षा ४ मा ४.२ प्रतिशतले कक्षा दोहो¥याउने गरेका छन् भने २ प्रतिशतले विद्यालय छोडेका थिए ।

त्यसैगरेर कक्षा ५ मा ४.२ प्रतिशतले कक्षा दोहो¥याएका थिए भने १.८ प्रतिशतले विद्यालय छोडेका थिए । कक्षा ६ मा ३.६ प्रतिशतले विद्यालय दोहो¥याएका थिए भने २ प्रतिशतले विद्यालय खोडेका थिए । कक्षा ७ मा ४.१ प्रतिशतले कक्षा दोहो¥याएका थिए भने २.२ प्रतिशतले विद्यालय छोडेका थिए । कक्षा ८ मा ५.५ प्रतिशतले कक्षा दोहो¥याएका थिए भने ३.२ प्रतिशतले विद्यालय छोडेका थिए । कक्षा ९ मा ४.१ प्रतिशतले कक्षा दोहो¥याएका छन् भने २.४ प्रतिशतले विद्यालय छोडेका थिए ।

कक्षा १० मा ०.५ प्रतिशतले कक्षा दोहो¥याएका थिए भने १.२ प्रतिशतले विद्यालय छाडेका थिए । विद्यार्थीहरुले विद्यालय छोडनु मुख्य कारण सामाजिक तथा आर्थिक कारण रहेको पाइएको समन्वय इकाईका प्रमुख गौतमले बताए । ‘अधिकांश विद्यार्थीहरु सामाजिक तथा आर्थिक कारणले विद्यालय छोड्ने गरेको पाइएको छ’, उनले भने– ‘कतिपय सामुदायिक विद्यालयमा भर्ना भएका विद्यार्थीहरु छोडेर निजीमा समेत जाने गरेका छन् । यसले पनि विद्यालय छोड्नेको संख्या बढी देखिने गरेको छ ।’

Blog Post Ad

१ हजार २५ शिक्षकले जागिर छोडे

सामुदायिक विद्यालयका १ सय १४ स्थायी शिक्षकले गत माघमा राजीनामा दिएर जागिर छाडेका छन् । शिक्षा मन्त्रालयअन्तर्गत शिक्षक किताबखाना अनुसार विगतका वर्षको तुलनामा राजीनामा दिने स्थायी शिक्षकको संख्या अस्वाभाविक रूपमा बढ्दो छ ।

गत आर्थिक वर्षमा ७ सय ९७ जना शिक्षकले राजीनामा दिएकामा चालु आवको ६ महिना (पुससम्म) मा १ हजार २५ जनाले स्वेच्छिक राजीनामा दिएका छन् । स्थानीय तहले पेन्सनका लागि सेवा अवधि पूरा गरेका शिक्षकलाई जागिर छाड्न विभिन्न सुविधा र अवसर दिने गरेका छन् । पुराना शिक्षक हटाएर नयाँ शिक्षक राख्ने रणनीतिअनुसार पालिकाहरूले १ लाखदेखि ५ लाखसम्म नगदै सुविधाका कार्यक्रम पनि घोषणा गरेका छन् । नियमित पाउने सेवा सुविधाबाहेक पालिकाले छुट्टै दिने आकर्षक रकमका कारण पनि शिक्षकहरूले जागिर छाड्न थालेको हुन् ।

देशभरका सामुदायिक विद्यालयमा १ लाख ७ हजार ८ सय ६० स्थायी शिक्षक दरबन्दी रहेको किताबखानामा रेकर्ड छ । त्यसमध्ये रिक्त करिब साढे १७ हजार स्थायी शिक्षक नियुक्तिका लागि शिक्षक सेवा आयोगले प्रक्रिया सुरु गरेको छ । आयोगले आगामी चैतमा सञ्चालन गर्ने खुला पदपूर्तिको परीक्षामा सहभागी हुन २ लाख ३४ हजार ५ सय ९४ जनाले आवेदन दिएका छन् । वार्षिक ३ हजारदेखि साढे ३ हजार शिक्षकले अनिवार्य अवकाशसहित विविध कारण जागिर छाड्ने गरेको विगतको तथ्यांक छ ।

चालु आर्थिक वर्षको ६ महिनामा भने २ हजार ८ सय शिक्षकले जागिर छाडिसकेका छन् । १ हजार ५ सय ७५ जनाले अनिवार्य अवकाश र १ हजार २५ जनाले राजीनामा दिएका छन् भने २ सय जनाको मृत्यु भएको किताबखानाले जनाएको छ ।

Blog Post Ad Blog Post Ad