Ad Area

लक्ष्मण डाँगी स्मृति कपको फाइनलमा ज्ञानज्योती प्रवेश


दाङ,२० फागुन । दोस्रो लक्ष्मण डाँगी स्मृति कप–२०७८ को फाइनलमा ज्ञानज्योती तुलसीपुर प्रवेश गरेको छ ।

घोराही उपमहानगरपालिका–१५ भरतपुरस्थीत खेल मैदानमा शुक्रवार विहान भएको पहिलो सेमिफाइनल खेलमा तुलसीपुर गोर्खालाई ५–१ ले पराजित गर्दै ज्ञानज्योती तुलसीपुर प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

ज्ञानज्योतीको जीतमा निशान डाँगीले उत्कृष्ट खेल प्रदर्शन गर्दै ह्याट्रिक गरेका हुन । खेलमा ह्याट्रिक गरेका डाँगी म्यान अफ द म्याच बनेका थिए ।

ज्ञानज्योतिको जीतका लागि डाँगीसँगै युवराज वली र करण नेपालीले समान एक–एक गोल गरेका थिए । गोर्खा तुलसीपुरबाट लोकेन्द्र चन्दले एक मात्र गोल गर्न सफल भएका थिए ।

त्यसैगरी दोश्रो सेमिफाइनल खेल दिउँसो २ : ३० बजे पद्मोदय पब्लिक र गोर्खा घोराहीबिच हुने आयोजकले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad