Ad Area

पार्टीलाई बलियो बनाएर लैजानुस् : सभापति पुन


दाङ, २० फागुन । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पार्टीलाई बलियो बनाउन पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् । नेपाली काग्रेस दाङले बिहीवार घोराहीमा गरेको अन्तत्र्रिmया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

पार्टी बलियो नहुँदासम्म आगामी निर्वाचन विजयी हुन नसक्ने भएकोले यसतर्फ लाग्न उनले आग्रह गरे । आउँदो निर्वाचनमा दाङ जिल्लाका सबै वडा तथा पालिका जित्ने अभियानका साथ लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । ‘यो वा त्यो नाममा होइन निर्वाचनमा विजयी हुने गरी अगाडि बढ्नुहोस्’, उनले भने । आउँदो स्थानीय तहको निर्वाचनको टिकट वितरण स्थानीय तहमा नै टुङ्ग्याउन उनले आग्रह गरे । स्थानीयस्तरमा धेरै अधिकार प्रदान गरिएकाले यसको प्रयोग गर्ने समेत उनले आग्रह गरे ।

‘तपाईहरुले आफूले पाएको अधिकारको प्रयोग गर्नुहोस्’, उनले भने– ‘जनताको बीचमा जानुस् उनीहरुको सुख–दुःखमा साथ दिनुस् ।’ पार्टीलाई बलियो बनाउन गाउँ–गाउँमा जान समेत उनले आग्रह गरे । ‘जग बलियो भने घर बलियो हुन्छ त्यसैले गाउँवस्तीमा पुगेर पार्टी बलियो बनाउन लाग्नुहोस्’, सभापति पुनले भने । पार्टीको विधि र विधानभन्दा बाहिर जानेलाई कारबाही हुनेसमेत उनले बताए ।

‘पार्टीको निर्णयविपरीत जानेलाई कारबाही हुन्छ’, उनले भने– ‘पार्टीको निर्णय जाने अधिकार कसैलाई छुट छैन ।’ पार्टीमा आफूले लिएको जिम्मेवारी पूरा गर्नुपर्ने बताए । आफ्नो पदको जिम्मेवारी पूरा गर्न सक्नुपर्ने उनको भनाइ रहेको थियो । प्रदेश सभापति पुनले एमसीसी देशको विकासको लागि भएको बताए । उनले यसको बारेमा छरिएको भ्रमका बारेमा नागरिकलाई जानकारी दिनुपर्ने समेत बताए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले पार्टीले टिकट वितरण गर्दा आफ्नोलाई नभई राम्रोलाई टिकट दिनुपर्ने बताए । पार्टीलाई बलियो बनाउनका लागि सम्पूर्ण नेता–कार्यकर्ताहरु जनताको माझमा जानुपर्ने बताए । कार्यक्रम नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण सचिव अर्जुन योगीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad