Ad Area

लक्ष्मण डाँगी स्मृति कपको फाइनलमा पद्मोदय र ज्ञानज्योती भिड्ने


दाङ,२० फागुन । दोस्रो लक्ष्मण डाँगी स्मृति कप–२०७८ को फाइनलमा घोराहीको पद्मोदय पव्लिक नमूना माध्यमिक विद्यालय र ज्ञानज्योती तुलसीपुर भिड्ने भएका छन् ।

घोराही उपमहानगरपालिका–१५ भरतपुरस्थीत खेल मैदानमा शुक्रवार विहान भएको पहिलो सेमिफाइनल खेलमा तुलसीपुर गोर्खालाई ५–१ ले पराजित गर्दै ज्ञानज्योती तुलसीपुर र दिउँसो भएको दोश्रो खेलमा गोरखा स्कुल घोराहीलाई ट्राइबेकरमा ५–० गोल अन्तरले पराजित गर्दै पद्मोदय प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

ज्ञानज्योतीको जीतमा निशान डाँगीले उत्कृष्ट खेल प्रदर्शन गर्दै ह्याट्रिक गरेका हुन । खेलमा ह्याट्रिक गरेका डाँगी म्यान अफ द म्याच बनेका थिए । ज्ञानज्योतिको जीतका लागि डाँगीसँगै युवराज वली र करण नेपालीले समान एक–एक गोल गरेका थिए । गोर्खा तुलसीपुरबाट लोकेन्द्र चन्दले एक मात्र गोल गर्न सफल भएका थिए ।

गोरखा स्कुल घोराही र पद्मोदयबिच भएको खेलमा निर्धारित समयको खेलमा दुई टिमबाट गोल हुन नसकेपछि खेल ट्राईबेकरमा गएको थियो । ट्राईबेकरमा गोर्खा स्कुलका खेलाडीले हानेको बल पद्मोदयका किपरले रोकेपछि ५–४ को जित निकाल्दै पद्मोदय लक्ष्मण डाँगी स्मृति कपको फाइनलमा पुगेको हो । प्रतियोगिताको फाइनल खेल २१ गते हुने आयोजक वेष्ट नेपाल फुटवल एकेडेमी दाङले जनाएको छ ।

Blog Post Ad Blog Post Ad