Ad Area

प्रदर्शनीमा जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई निशुल्क प्रवेश


दाङ, २० फागुन । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन हुन थालेको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ मा जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई निशुल्क प्रवेश दिइने भएको छ । ७० वर्ष मार्थिका जेष्ठ नागरिकलाइ जेष्ठ नागरिक परिचय पत्रको आधार निःशुल्क प्रवेश दिइने भएको टिकट व्यवस्थापन उप समितीका संयोजक विकास वलीले जानकारी दिए ।

यसैगरेर अपाङ भएका व्यक्तिहरुलाई क र ख बर्गकालाई परिचय पत्रको आधारमा निःशुल्क प्रवेश दिइने भएको छ । त्यसै गरेर प्रदर्शनीमा अचार बनाउने तालिम नि शुल्क तालिम प्रदान गरिने भएको छ । महिला उद्यमीहरुले प्रदर्शनीमा आउने तथा अचार बनाउने तालिम लिन चाहने महिलाहरुलाइ यस प्रकारको तालिम प्रदान गर्ने भएको महिला उद्यमी तथा मञ्च व्यवस्थापन उप समितिका संयोजक देवकला बस्नेतले जानकारी दिइन् ।

संघको आयोजनामा“उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भर मुखी अर्थतन्त्रको निकास” भन्ने नाराका साथ यही फागुन २६ गते देखि चैत ८ गते सम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीको लागि प्रचार प्रसार, चिठी पत्र पठाउने, भेटघाट, छलफल तथा प्रदर्शनी स्थलमा भौतिक निर्माण कार्य समेत तिव्रता दिएको प्रर्दशी मुल आयोजक समितीका संयोजक टंकसिंह वुढाथोकीले जानकारी दिए । प्रदर्शनीलाई मर्यादित तथा व्यवस्र्थीत बनाउन सबै उप समितीले काम अगाडि बढाएको उनको भनाइ छ । अहिले सबै उप समितीहरुले आफनो कामलाइ तिव्रता दिएको उनले बताए ।

अहिले सबै उप समितीहरुले आफनो जम्मेवारी अनुसार आफनो कामलाइ तिव्रता दिएको मुल आयोजक समितीका उप संयोजक एवम संघका महासचिव महेन्द्र वढाथोकीले जानकारी दिएको दाङ जिल्ला उद्योग बाणिज्य संघका सञ्चार संयोजक अमरराज आचार्यले जानकारी दिएका छन् ।