Ad Area

खुमबहादुर खड्का भलिबलको उपाधिका लागि तुलसीपुर र राप्ती भिड्ने


दाङ, २१ फागुन । प्रथम खुमबहादुर खड्का स्मृति कप पुरुष भलिबल प्रतियोगिता २०७८ को उपाधिका लागि तुलसीपुर उपमहानगरपालिका र राप्ती गाउँपालिका भिड्ने भएका छन् ।

नेपाली काग्रेस दाङको आयोजनामा भएको प्रतियोगिताको सेमिफाइनल खेलमा शान्तिनगर गाउँपालिकालाई २५–२१, २५–२१ र २५–१४ अर्थात ३–० को सोझो सेटमा पराजित गर्दै तुलसीपुरले फाईनल यात्रा तय गरेको हो । त्यस्तै दोश्रो खेलमा घोराही उपमहानगरपालिकालाई २५–१६,२५–२० र २५–२० अर्थात ३–० को सोझो सेटमा राप्ती गाउँपलिकाले पराजित गरेपछि उपाधिका लागि तुलसीपुरसंग भिड्न्त पक्का गरेको छ ।

उल्लेख्य दर्शकले भरिएको शहिद मञ्च घोराहीमा जारी प्रतियोगितामा आफुलाई उपाधिको दावेदारको रुपमा शसक्त र शानदार प्रस्तुत गर्दै आएका दुबै टिमको फाईनल खेल कडा प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ । प्रतियोगिताको उद्घाटन खेल खेलेका दुवै टिम उपाधिका लागि फाइनलमा पुन : भिड्ने भएका हुन ।

प्रतियोगिताको बिजेता र उपबिजेता टिमले क्रमशः नगद दुई लाख र एक लाख रुपैयासहित कप, मेडल र प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै व्यक्तिगत बिधातर्फ उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई नगद पाँच हजारसहित एक सय रुपैया पुरस्कार ब्यबस्था गरिएको छ । आयोजकले आईतवार हुने फाईनलमा उपस्तिथिका खेलप्रेमी,खेलाडी,उद्योगी,ब्यबसायी,समाजसेवी, बुद्धिजीवी,पत्रकारलगायतले सबैमा अनुरोध गरेका छन् । फाइन खेल दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।

Blog Post Ad Blog Post Ad