Ad Area

नेवारी भाषा प्रशिक्षण कार्यक्रम सुरु


दाङ, २१ फागुन । घोराहीमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । नेवार सेवा समिति घोराहीको आयोजना तथा घोराही उपमहानगरपालिकाको सहयोगमा प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।

पछिल्लो समयमा नेवारी भाषा लोप थालेको भन्दै भाषाको संरक्षणको लागि यस प्रकारको कार्यक्रम आयोजना गरिएको नेवार सेवा समितिले जनाएको छ । प्रशिक्षण उद्घाटन कार्यक्रम कार्यक्रममा समितिका अध्यक्ष सुर्दशन श्रेष्ठको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं १५ का वडाध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यतामा भएको थियो ।

समितिका सदस्य तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव नरेशकुमार श्रेष्ठको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण शिव श्रेष्ठले गरका थिए । भाषा प्रशिक्षकहरुमा रेणु श्रेष्ठ, लक्ष्मी नर्कमी र सावित्री श्रेष्ठ रहेका छन् । प्रशिक्षण कार्यक्रममा आउदो चैत १५ गतेसम्म सञ्चालन हुने भएको छ ।

Blog Post Ad Blog Post Ad