Ad Area

तुलसीपुरमा खुल्ला कराँते प्रतियोगिता सुरु


तुलसीपुर, २१ फागुन । तुलसीपुरमा शनिबारदेखि खुल्ला कराँते प्रतियोगिता सुरु भएको छ । तुलसीपुर ५ स्थित अरनिको डोजोको आयोजनामा तुलसीपुर उपमहानगरपालिकास्तरिय दोस्रो कराँते प्रतियोगिता सुरु भएको हो ।

तुलसीपुर ९ बेलुवास्थित कराँते कबर्डहलमा भएको प्रतियोगिता अरनिको डोजोका प्रशिक्षक पदमबहादुर बस्नेतको अध्यक्षता पूर्व अन्तराष्ट्रिय टेक्वान्दो खेलाडी जितबहादुर केसीको प्रमुख आथित्यता र कराँते लुम्बनी प्रदेशका प्रमुख प्रशिक्षक बलराज नेपालीको बिशिष्ट आथित्यतामा उद्घाटन भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि केसीले खेलले मानिसलाई निरोगी, फूर्तिलो बनाउनुका साथै आत्मबलव तथा मनोबल बढाउन भूमिका खेल्ने बताए । कोभिड– १९ को महामारीको समयमा समेत नियमित अभ्यास गर्ने खेलाडीलाई त्यसले छुन नसकेको हुँदा मानव जीवनमा खेलको महत्व महत्वपूर्ण रहेको उनको भनाई थियो ।

‘एउटा असल खेलाडी जहिलै आफ्नो अनुशानमा बस्नु पर्छ,’ केसीले भने ‘ एउटा गेम जित्दैमा मात्तिने र हार्दैमा आत्तिने गर्नु हुँदैन ।’ जो लगनशिल र अनुसाशितका साथ निरन्तर अभ्यास गरिरहन्छ सोही खेलाडी नै एक दिन सफल हुने उनले तर्क गरे ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै बिशिष्टि अतिथि नेपालीले मार्सल आर्ट बल भन्दापनि कला र सीप पर्दशन गर्ने खेल भएको बताए । खेलको नियममा रहेर खेल खेल्न र खेल पछि आपसमा कुनैपनि मनमुटाव नराख्न लुम्बिनी प्रदेशका प्रमुख प्रशिक्षक नेपालीले सुझाए ।

कराँतेका पूर्व खेलाडी तथा पत्रकार नारायण खड्का, प्रतियोगिताका निर्णायक ताराप्रशाद वली लगाएतले मानव जीवनमा खेलकुदको महत्व बारे प्रकाश पारेका थिए । अरनिको डोजाले आफ्नै खर्चमा प्रतियोगिता आयोजना गरेको प्रशिक्षक पदमबहादुर बस्नेतले जानकारी दिए ।

Blog Post Ad

खेलाडीमा अनुभव र हौसला बढाउन आफ्नै खर्चमा प्रतियोगिता आयोजना गरिएको उनले बताए । ‘ हामीले मेयरसापलाई सहयोगका लागि धेरै आग्रह ग¥यौं तर उहाँले सुनेको नसुनेझैं गर्नुभयो,’ बस्नेतले भने ‘ त्यही भएर हामीले आफ्नै खर्चमा प्रतियोगिता आयोजना गरेका हौं ।’

कराँते प्रशिक्षक रेशम खड्काको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रशिक्षक तथा दाङ जिल्ला कराँते संघका सचिव मोहनलाल थापाले गरेका थिए । प्रतियोगिता आइतबारसम्म चल्ने छ । प्रतियोगितामा तुलसीपुरका चार वटा डोजोका खेलाडीहरु सहभागि छन् ।

Blog Post Ad Blog Post Ad