Ad Area

दाङ साहित्य उत्सवमा पुरस्कार घोषणा


दाङ,२२ फागुन । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङमा अक्ष्यकोष स्थापना भएको छ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजना तथा घोराही उपमहानगरपालिकाको सहयोगमा दाङ साहित्य उत्सव– २०७८ मा घोराही उपमहानगरपालिका वडा नं. ८ निवासी चुर्णबहादुर, बिरबहादुर, बिनोद कुमार र लालबहादुर आरसीले आफ्ना बुवा वेदप्रसाद रावत र आमा जयश्वरी रावतको नाममा एक लाख राशीको अक्ष्यकोष परिषद् जिल्ला शाखा, दाङमा स्थापना गर्ने गरि घोषणासहित चेक अध्यक्षलाई हस्तान्तरण गरेका हुन ।

पुरस्कारको नाम वेदप्रसाद जयश्वरी रावत स्मृति पुरस्कार रहने सो कार्यक्रममा घोषण गरिएको हो ।यस अक्षकोषबाट प्राप्त ब्याजबाट प्रत्येक वर्ष एक जनालाई पुरस्कृत गरिने छ । सो पुरस्कार सम्झौता पछि कार्यविधि निर्माण गरि कार्यान्वयन गरिने अध्यक्ष दीपक शर्मा समीरले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad