Ad Area

दोस्रो लक्ष्मण डाँगी स्मृति कप फुटबल प्रतियोगिताको उपाधि पद्मोदयलाई


घोराही, २३ फागुुन । दोस्रो लक्ष्मण डाँगी स्मृति कप फुटबल प्रतियोगिताको उपाधि पद्मोदय पब्लिक नमूना मावि घोराहीले जितेको छ । घोराहीमा आईतबार सम्पन्न उपाधि भिडन्तमा तुलसीपुरको ज्ञानज्योति माविलाई ३–० गोल अन्तरले हराउँदै पद्मोदयले दोस्रो लक्ष्मण डाँगी स्मृति कप फुटबलको उपाधि हात पारेको हो । पद्मोदयलाई जीत दिलाउन भुवन खड्काले २ र क्षितिज राना मगरले १ गोल गरे ।
वेष्ट नेपाल फुटबल एकेडेमीको आयोजनामा भएको जिल्ला स्तरीय लिग कम नकआउन फुटबलमा १२ वटा विद्यालयले भाग लिएका थिए ।
गत फागुन १२ गतेबाट शुुरु भएको प्रतियोगिताका सबै खेल घोराहीको भरतपुर खेल मैदानमा भएको हो । उपाधि जितेसँगै पद्मोदयले नगद ५१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्यो भने उपविजेता बनेको ज्ञानज्योति मावि तुलसीपुरले २१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको आयोजकले जनाएको छ । फाइनल खेलमा २ गोल गरेका पद्मोदयका भुवन म्यान अफ द म्याच भए । यसैगरी प्रंतियोगिता भर उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडीलाई विधागत रुपमा पनि पुरस्कृत गरिएको छ । जस अनुुसार उत्कृष्ट खेलाडीका रुपमा पद्मोदयका विक्रम बिक नगद ५ हजार, मेडल र ट्रफीसहित पुुरस्कृत भए । सर्वाधिक गोलकर्ता ज्ञानज्योति माविका निशान डाँगी नगद ३ हजारसहित ट्रफी र मेडलबाट पुुरस्कृत भए । उत्कृष्ट गोल रक्षक ज्ञानज्योति माविकै प्रतिक सेर्पाली पनि नगद ३ हजारसहित ट्रफी र मेडलबाट पुुरस्कृत भए । विजेता, उपविजेता तथा विधागत रुपमा उत्कृष्ट भएका खेलाडीलाई एक कार्यक्रमका बीच पुुरस्कृत गरिएको छ ।
एकेडेमी तथा प्रतियोगिता आयोजक कमिटी संयोजक सन्दीप वलीको अध्यक्षता तथा नेपाल ओलम्पिक कमिटी सदस्य एवं अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य दीर्घबहादुर केसी कुमारको प्रमुख आतिथ्यमा सो पुरस्कार वितरण गरिएको हो । उक्त अवसरमा लुम्बिनी प्रदेश फुटबल संघका कोषाध्यक्ष सन्जात धिताल, दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठ, खेल संयोजक गोपाल कवँरलगायत सरिक थिए ।
जिल्ला स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताले तल्लो तहबाटै नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ खेल आयोजना गरिएको एकेडेमीका अध्यक्ष वलीले बताए । २०७५ मंसिर १२ गते घोराही १७ को कृत्रिम जलाशयमा डुबेर ज्यान गुमाएका लक्ष्मण डाँगीको स्मृतिमा प्रतियोगिता गरिएको हो ।